२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

देशभर दुई दिन भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति : २०८२ श्रावण २८ गते

काठमाडौँ / मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै आइपुगेसँगै देशभर मनसुन थप सक्रिय बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशभर मनसुनको प्रभाव बढ्ने पूर्वानुमान गर्दै देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभरको मौसम साधारणतया बदली रहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा समेत भएको छ ।

- ADVERTISEMENT -

Advertisement

आज दिउँसो देशभर मौसम पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मध्यम वर्षा हुनेछ । विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन अझ बढी सक्रिय रहने पूर्वानुमान छ । सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

मनसुन पूर्ण सक्रिय भएसँगै देशका सातवटै प्रदेशमा भारी वर्षाको जोखिम बढेकोले नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भन्दै महाशाखाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36