भरतपुर / चितवनको एक होटलबाट लागूऔषध ट्रामाडोल–५० सहित जना पक्राउ परेका छन् । भरतपुर ९, पारस बसपार्कको धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट लागूऔषधसहित उनीहरु पक्राउ परेको बुधबार पत्रकार सम्मेलन मार्फत् जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
डिएसपी खनालले उनीहरुको साथबाट एक हजार ७ सय ४० पत्तामा १० क्याप्सुलको दरले १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल ५० लेखिएको प्रतिबन्धित औषधि बरामद गरिएको हो ।
- ADVERTISEMENT -

पक्राउ पर्नेहरुमा माडी नगरपालिका १ का २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका ५ घर भएकी शान्ति गुरुङ रहेका छन्, ठोरी गाउँपालिका २ का २१ वर्षका विनायक तामाङ, २५ वर्षका सुर्य लामा, १८ वर्षका प्रदिप लामा, २४ वर्षका प्रदिप न्यौपाने रहेका छन् ।
यस्तै, अर्का एक भारतीय नागरिक चम्पारण आरएस मछली हट्टा रोड ७, का २४ वर्षीय आर्यन कुमार रहेका छन् । मंगलबार पक्राउ परेका उनीहरुमाथि लागू औषध सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

















































