२०८२ कार्तिक २०, बिहीबार
November 6, 2025
२०८२ कार्तिक २०, बिहीबार
November 6, 2025 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं महानगरद्वारा अवैध संरचना हटाउन अल्टिमेटम, अटेर गरे एक्सनमा उत्रिने

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले राजधानीभित्रका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने कडा अल्टिमेटम जारी गरेको छ ।

गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेपछि आज (शुक्रबार) महानगरले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सम्बन्धित व्यक्ति र निकायलाई स्वेच्छाले ती संरचना खाली गर्न वा हटाउन आग्रह गरेको छ । तोकिएको समयभित्र अटेर गरेमा महानगर आफैं कारबाहीमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

यो कदमले काठमाडौंको सहरी सौन्दर्य र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी सडक पेटी, सार्वजनिक जग्गा र नदी किनारमा बनेका अनधिकृत संरचनाहरू यस कारबाहीको मुख्य निसानामा पर्नेछन् । महानगरपालिकाले यसअघि पनि यस्ता प्रयासहरू गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । तर यसपटक उपत्यका विकास प्राधिकरणसँगको सहकार्यले कारबाही अझ सशक्त हुने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -