२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मौलिकता पुनर्जीवन अभियानमा तमू ह्युल

चितवन जिल्ला अध्यक्षमा बुद्धिमान गुरूङ निर्वाचित
प्रकाशित मिति : २०८२ कार्तिक १७ गते

भरतपुर / गुरूङ जातिको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद्ले गुरूङ बस्तीको नामाकरणलाई पुनर्जीवन दिने बताएको छ । हराउँदै गएको मातृ (गुरूङ) भाषा, संस्कृति र पुराना स्थान नामलाई पुनर्जीवन दिने गरी ह्युल छोँज धीँको वर्तमान नेतृत्वले अभियान थालेको हो । परिषद्को केन्द्रीय समितिका अध्यक्ष धनमान गुरूङले गुरूङ भाषामा रहेका बस्ती, गाउँ र ठाउँका मौलिक नामहरू नेपाली भाषाको प्रभावका कारण मेटिँदै गएको भन्दै ती नामहरू पुनःस्थापना गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

चितवन जिल्लाको पाँचौँ अधिवेशनको उद्घाटन सत्रमा आफ्नो भनाइ राख्दै अध्यक्ष गुरूङले नाम र भाषामा मौलिकता जोगाउन सबै तमू समुदाय सचेत हुनुपर्ने बताए । ‘हामी आफ्नो नाम कसैले बिगारिदियो भने त मन दुखाउँछौँ । हाम्रा पुरानो मौलिक पहिचान बोकेरका स्थानको नाम बिगारिदिँदा किन चुप बस्ने ?’ उदाहरण दिँदै उनले भने ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार, अबका दिनमा सम्बन्धित स्थानीय तथा प्रदेश सरकारलाई दबाब दिएर मौलिक नाम पुनस्र्थापना गराउने तयारी भइरहेको छ । अध्यक्ष गुरूङले गण्डकी प्रदेशको कास्की जिल्लामा पर्ने मादी गाउँपालिकाले यस दिशामा काम सुरू गरिसकेको जानकारी दिँदै अन्य जिल्लाका तमू समुदायले पनि त्यसमा साथ दिनुपर्ने आवश्यकता औँलयाए ।

उनले संरक्षण अभावका कारण गुरूङ भाषामा रहेका गाउँ, बस्ती, नदी, डाँडा लगायतका नामहरू नेपालीकरण भइसकेका उदाहरणहरू उल्लेख गर्दै अब सचेतता र सहकार्य जरुरी रहेको बताए । उनका अनुसार, परिषद्ले गुरूङ समुदायमा प्रचलित करिब ३५ वटा अमूर्त संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि पनि कार्ययोजना बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

ह्युल छोँज धीँले गुरूङ जातिभित्र रहेका थरहरूको एकरूपता कायम गर्न खोजी कार्य अघि बढाएको उनले बताए । ‘हामीले हालसम्म १७८ थर फेला पारेका छौँ । तर केही थरहरू ठाउँअनुसार फरक उच्चारण गर्ने गरेको हुँदा तिनीहरूलाई एकरूप बनाएर सरकारलाई बुझाउने तयारीमा छौँ,’ उनले भने ।

भाषा संरक्षणका सन्दर्भमा २०३५ सालमै तयार भएको खेमा लिपि तमू ह्युल छोँज धीँले पारित गरिसकेको हुँदा उक्त लिपि अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त भए पनि नेपालमा औपचारिक रूपमा भाषा आयोगमा दर्ता हुन बाँकी रहेको उनले बताए । ‘खेमा लिपि कार्यान्वयनको चरणमा छ,’ उनले भने, ‘केही प्राविधिक समस्यालाई समाधान गरेर भाषा आयोगमा दर्ता गर्नुपर्ने छ ।’ लिपि कार्यान्वयनमा ल्याउनको लागि भाषा आयोगमा दर्ता गरेर गण्डकी प्रदेशमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।

यस क्रममा शब्दावली निर्माणको काम भइरहेको र त्यसपछि तमू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा व्यवहारिक रूपमा लागू गर्न सहज हुने ह्युल छोँज धीँले जनाएको छ । लिपिबिना भाषाको कानुनी मान्यता कार्यान्वयनमा आउन नसक्ने भएकाले कार्य छिटो पूरा गर्न केन्द्रीय समितिमा दबाब रहेको महासचिव राजु गुरूङले बताए । ‘संविधानले सामाजिक न्याय र भाषिक अधिकारको प्रत्याभूति दिएको छ । तर, त्यसलाई व्यवहारमा उतार्न हामी तमू समुदाय आफैं जुट्नुपर्छ,’ उनले भने ।

चितवनमा अक्षयकोष
जिल्ला अधिवेशनको सन्दर्भमा समाजसेवी तथा परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङले संस्थागत विकासको लागि अक्षयकोष स्थापना गरिदिएका छन् । ज्वाइँ विक्रमध्वज गुरूङको स्मृतिमा तत्कालको लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । उक्त कोषलाई आगामी दिनमा दस लाख रुपैयाँसम्म पु¥याउने उनले प्रतिबद्धता जनाए । विक्रमध्वज गुरूङको बेलायतमा हृदयघातका कारण निधन भएको थियो ।

अध्यक्षम बुद्धिमान गुरूङ निर्वाचित
पाँचौँ जिल्ला अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि बुद्धिमान गुरूङ र मीना गुरूङबीच प्रतिस्पर्धा हुँदा बुद्धिमान गुरूङ ५३ मत प्राप्त गरी विजयी भए भने मीना गुरूङले ३५ मत पाइन् । कुल ९७ मतमध्ये ९ मत बदर भएका थिए । अन्य सबै पदाधिकारीहरू भने सर्वसम्मत निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङ, उपाध्यक्ष किशोर गुरूङ, सचिव बुद्धिमान गुरूङ, संगठन सचिव उमिता गुरूङ, प्रचार सचिव ज्ञानदेवी गुरूङ, कोषाध्यक्ष घनसिंह गुरूङ र सह–कोषाध्यक्ष यमबहादुर गुरूङ रहेका छन् । परिषद्को यो नयाँ नेतृत्वले तमू समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणलाई मुख्य कार्यसूचीका रूपमा अघि बढाउने घोषणा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20