२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालबाट बाहिरियो मोन्था, आजबाट मौसम सफा हुने अनुमान

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते

काठमाडौं / देशभर पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको दोहोरो प्रभावका कारण मौसममा उल्लेख्य परिवर्तन आएको छ । बंगालको खाडीबाट आएको ‘मोन्था’ चक्रवात भने नेपालको आकाशबाट बाहिरिएसँगै यसको प्रत्यक्ष असर अब नरहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

आइतबार बिहानैदेखि देशका अधिकांश भू–भागमा आंशिकदेखि साधारणतया बदली छाएको छ । विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा रेकर्ड गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ । मधेश प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

आइतबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली कायम रहनेछ । देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाले रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । यसले गर्दा तापक्रममा थप गिरावट आउने र चिसो बढ्ने देखिन्छ ।

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले केही दिनसम्म मौसम प्रभावित हुने भएकाले चिसोबाट बच्न आवश्यक तयारी गर्न तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । विशेषगरी उच्च हिमाली र पहाडी भेगमा हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89