Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वीरगञ्जमा ५० लाख बराबरको सुनचाँदी चोरी

प्रकाशित मिति : २०८२ माघ २३ गते
प्रहरीद्वारा बरामद गरिएका गहनाहरु ।

वीरगञ्ज (पर्सा) / वीरगञ्ज महानगरमा सुन–चाँदीलगायतको गरगहना चोरीका घटना बढेका छन् । यही माघ १२ गते वीरगञ्ज महानगर–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोरलाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको हो ।

घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्तिले सो मूल्य बराबरको सुनचाँदीको गरगहना चोरेर फरार भएको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

यही माघ १३ गते त्यस्तै वीरगञ्ज महानगर–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट मूल्य यकिन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ । पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदी लगायतका गरगहना चोरी भएको देखाउँछ ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदी लगायतको गरगहनाको चोरीका घटना भएको बताउनुभयो । “केही दिनयता वीरगञ्ज महानगर आसपासमा दुई वटा चोरी भएको उजुरी आएको छ”, उहाँले भन्नुभयो, “अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्य जारी राखेका छौं ।”

पर्सा प्रहरीका प्रवक्ता बस्नेतले जुन घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताउनुभयो । “सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानको लागि सर्वसाधारण समक्ष अनुरोध गर्दछौंँ । त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ ।” प्रवक्ता बस्नेतले दुई चोरीका घटनाको विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताउनुभयो ।

पर्सा जिल्लामा चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म चोरीसम्बन्धी २६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौजना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेका १३ प्रतिवादी पूर्पक्षका लागि थुनामामा पठाइएको छ भने २४ जना प्रतिवादी धरौटी राखेर छुटेका छन् । हालसालै छ जना चोरीमा संलग्न अभियुक्तलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानको क्रममा रहेको पर्सा प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१र८२ मा पर्सामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए । जसमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेर पक्राउ परेका अभियुक्तमध्ये १७ जना प्रतिवादी पूर्पक्षका लागि थुनामा पठाइएको थियो भने ३६ जना धरौटी राखेर छुटेका छन् । दुई जना साधारण तारेखमा छुटेका थिए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98