Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निकोलस भुसाल सहित २ उम्मेदवार र एक दललाई २५ हजार जरिवाना

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते
File photo.

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार ड. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । बिहीबार केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए ।

आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरूप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

उनले भने ‘आचारसंहिता उल्लङ्घनको उजुरी परेका छन् । उजुरी परेर मात्र पनि हुँदैन आयोगलाई कारबाही गर्नको लागि प्रमाण पनि चाहिन्छ । मान्छेले कसैलाई दुःख दिनको लागि पनि बिना प्रमाण अरूको नाम पोलिदिन पनि सक्छ । अहिले हामीले दुई जना उम्मेदवारलाई र एक राजनीतिक दललाई २५ हजार जरिवाना तिराएका छौँ । दुई जना कर्मचारीलाई सचेत गराएका छौँ । र आचारसंहिता ख्याल नगरेर एउटा संस्थानले कर्मचारीलाई निकालिदिएको भन्ने उजुरी परेको थियो । 

उनीहरूलाई पुनर्बहाली गर्न आयोगले निर्देशन दिएको छ । अहिले देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टीकरण सोधेका छौँ । केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टीकरण सोधिएको छ । ६ जनाको स्पष्टीकरण चित्त नबुझेको कारण फेरी सोधिएको छ । ५७ जनाबाट जवाफ प्राप्त भएको छ ।’

आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए । तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टीकरण सोधिएको पनि जबराले जानकारी दिए । निर्वाचन आचारसंहिताविपरित एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ ।

आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लङ्घनमा कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयुक्त जबराले केही दिन भित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारबाही आयोग आफैँ पनि सक्रिय हुनसक्ने चेतावनी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22