२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्व बजारमा इन्धन अभाव : आईईएले ४० करोड ब्यारेल तेल पठाउने

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते
- ADVERTISEMENT -

काठमाडौं / मध्यपूर्वमा बढ्दो सैन्य तथा राजनीतिक तनावका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले ऐतिहासिक कदम चालेको छ । आईईएले आफ्ना सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा फुकुवा गर्ने निर्णय गरेको हो ।

इरान र खाडी मुलुकहरू जोड्ने प्रमुख व्यापारिक मार्ग ‘होर्मुज स्ट्रेट’ मा भएका पछिल्ला आक्रमणहरूले तेल आपूर्ति शृङ्खला प्रभावित पारेपछि विश्वभर इन्धनको मूल्य आकासिएको छ । सोही जोखिमलाई न्यूनीकरण गर्न आईईएका ३२ सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा तेल बजारमा पठाउने निर्णय गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यस अभियानमा संयुक्त राज्य अमेरिकाले सबैभन्दा ठूलो योगदान दिने भएको छ । कूल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल अमेरिका एक्लैले उपलब्ध गराउनेछ । अमेरिकी ऊर्जा विभागका अनुसार, अमेरिकाको ‘स्ट्राटेजिक पेट्रोलियम रिजर्भ’ ९एसपीआर० बाट आगामी सातादेखि तेल निकासी सुरु गरिनेछ र आगामी १२० दिनभित्र यसलाई पूर्ण रूपमा बजारमा पठाइसकिनेछ ।

हाल अमेरिकाको रणनीतिक भण्डारमा ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात छ, जसको अधिकतम क्षमता ७० करोड ब्यारेल हो । अमेरिकाले बजार सन्तुलनमा आएपछि आगामी एक वर्षभित्र पुनः २० करोड ब्यारेल तेल भण्डारमा भर्ने योजना समेत बनाएको छ । यस प्रक्रियाबाट करदातालाई अतिरिक्त भार नपर्ने दाबी ऊर्जा विभागले गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले वर्तमान तेल बजारले असाधारण र कठिन परिस्थितिको सामना गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘अहिले तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन् । यस्तो अवस्थामा सदस्य राष्ट्रहरूले चालेको यो कदम सकारात्मक र समयसापेक्ष छ ।’

आईईएका अनुसार, सदस्य राष्ट्रहरूसँग हाल १ अर्ब २० करोड ब्यारेलभन्दा बढी आपतकालीन इन्धन सुरक्षित छ । यसका अतिरिक्त उद्योग क्षेत्रको सरकारी दायित्वअन्तर्गत थप ६० करोड ब्यारेल तेल भण्डारणमा रहेको छ । प्रत्येक सदस्य राष्ट्रले आ(आफ्नो राष्ट्रिय परिस्थिति र आवश्यकता अनुसार निश्चित समयावधिभित्र यो तेल बजारमा उपलब्ध गराउनेछन् । यस कदमले विश्व बजारमा तेलको मूल्य स्थिर बनाउन र आपूर्ति सहज पार्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04