२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालेनलाई विधान बदलेर दलको नेता चुन्ने, प्रधानमन्त्री नियुक्ति कहिले ?

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते
- ADVERTISEMENT -

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्दै मुलुकको आगामी प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको विद्यमान विधानमा रहेको संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्थालाई संशोधन गरी शाहका लागि बालुवाटारको यात्रा सहज बनाउन रास्वपा लागिपरेको हो ।

रास्वपाको विधान २०७९ को धारा ६६ (८) मा संसदीय दलको नेता चयनका लागि पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले मतदान गर्नुपर्ने झन्झटिलो प्रावधान छ । यो व्यवस्था कार्यान्वयनमा व्यावहारिक कठिनाइ देखिएपछि पार्टीले विधान संशोधन गरेर निर्वाचित सांसदहरूबाटै दलको नेता छानिने कानुनी बाटो रोज्न लागेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २५ ले पनि सम्बन्धित दलका सांसदहरूले आफूमध्येबाट एक जनालाई संसदीय दलको नेता चयन गर्ने व्यवस्था गरेको छ । सोही ऐन र व्यावहारिक आवश्यकतालाई मध्यनजर गर्दै रास्वपाले विधान परिमार्जन गर्न लागेको बुझिएको छ ।

- ADVERTISEMENT -

Advertisement

२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत पाएको रास्वपामा संसदीय दलको नेता चयन हुनासाथ शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक सुनिश्चितता छ । पार्टीस्रोतका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच गत पुस १३ गते भएको सहमतिअनुसार नै यो प्रक्रिया अघि बढेको हो । उक्त सहमतिमा लामिछाने पार्टी सभापति रहने र शाह संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख थियो ।

हाल अस्वस्थताका कारण शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका सभापति लामिछानेले अस्पतालकै बेडबाट सरकार गठन र विधान संशोधनका विषयमा शाह र अन्य शीर्ष नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले आराम गर्न सुझाए पनि लामिछाने राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि सक्रिय छन् ।

- ADVERTISEMENT -

Advertisement

शनिबारसम्म विधान संशोधन र उम्मेदवार चयन
रास्वपाका नेता शिशिर खनालले पार्टीको शीर्ष नेतृत्वको परामर्शमा सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएर विधान संशोधनको प्रक्रिया पूरा गरिने जानकारी दिए । ‘विधानको पुरानो व्यवस्था व्यावहारिक नभएकाले त्यसलाई संशोधन गरी सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने तयारी छ,’ खनालले भने ।

पार्टी सहप्रवक्ता प्रतिभा रावलले पनि बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेरै निर्वाचनमा होमिएको स्पष्ट पार्दै आवश्यक प्रक्रिया मिलाएर उनी नै संसदीय दलको नेता बन्ने बताइन् । रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नाम टुंगो लगाउन र विधान संशोधनको निर्णय शनिबारसम्ममा गरिसक्ने लक्ष्य राखेको छ ।

निर्वाचन आयोगले चैत पहिलो साताभित्र समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने र राष्ट्रपतिसमक्ष अन्तिम प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । आयोगबाट सांसदहरूले प्रमाणपत्र पाएसँगै रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको औपचारिक जानकारी राष्ट्रपतिलाई गराउनेछ । त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दलको नेताका हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद्को आकार सानो र छरितो बनाउने विषयमा पनि रास्वपाभित्र प्रारम्भिक छलफल सुरु भइसकेको छ । शाहनिकट स्रोतका अनुसार अहिले नै मन्त्रीहरूको नाममा प्रवेश नगरे पनि विज्ञता र कार्यक्षमताका आधारमा सानो मन्त्रिपरिषद् बनाउने योजना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04