Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशका विभिन्न भागमा तीन दिन भारी वर्षा, अनावश्यक यात्रा नगर्न सुझाव

प्रकाशित मिति : २०८२ चैत्र ५ गते

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रवारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष शतर्कता अपनाउन अपील गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र विनाशकारी हावाहुरी चल्ने सम्भावना देखिएको छ ।

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

प्राधिकरणकाअनुसार चैत्र ६ गते शुक्रवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

लुम्बिनी र पूर्वी नेपालमा तिब्र हावाहुरीको चेतावनी

शुक्रवारदेखि नै लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम बढेको छ ।

शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै १ सय १९ किलोमिटर प्रतिघण्टाको गतिमा तिब्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

शनिवार पूर्वी नेपालमा भीषण हावाहुरीको जोखिम

आगामी शनिवार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान लगायतका आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तिबक्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ ।

प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।

सम्भावित जोखिम र हालको अवस्था

प्रि–मनसुनको अवधि भएकाले तिब्र हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना र घरका छानाहरू उड्ने, तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जस्ता जोखिमहरू रहन्छन् । 

पछिल्ला केही दिनमा हावाहुरीका कारण विभिन्न स्थानमा मानवीय क्षति समेत भइसकेको सन्दर्भमा प्राधिकरणले थप गम्भीर हुन नागरिकहरूलाई आग्रह गरेको हो ।

नागरिकका लागि प्राधिकरणको विशेष सुझाव

प्राधिकरणले जोखिमबाट बच्न प्राधिकरणले शतर्कता अपनाउन अनुरोध गरेको छ । 

विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न,सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन समेत सबैमा अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98