२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फेक रेस्क्यू प्रकरण : ३२ जनाविरुद्ध मुद्दा, ८ पक्राउ

प्रकाशित मिति : २०८२ चैत्र ८ गते

काठमाडौं / पर्वतारोहणमा आउने विदेशी पर्यटकको नाममा नक्कली उद्धार ९फेक रेस्क्यू० गरी बिमा रकम ठगी गरिएको प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रतिवादीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ । यस प्रकरणमा ३२ जना प्रतिवादी कायम गरिएको छ भने ८ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ । अन्य प्रतिवादीहरू फरार रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरोले माघ ११ गते पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी बिमा रकम असुली गर्न संगठित रूपमा ठगी भइरहेको सूचना पाएको थियो । अनुसन्धानका क्रममा पर्यटकलाई झुटो रूपमा बिरामी भएको देखाई हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पतालमा भर्ना गर्ने र त्यसपछि बिमा दाबी गर्ने गरिएको खुलासा भएको थियो ।

प्रहरीले यस प्रकरणमा माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे तथा म्यानेजर सुवास केसीलाई पक्राउ गरेको छ ।

त्यसैगरी, विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा। गिर्वाणराज तिमिल्सिना लगायतलाई समेत पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45