Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउने पाँच इन्फ्लुएन्सर : आयोग

प्रकाशित मिति : २०८२ चैत्र ११ गते

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउने कार्यमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर संलग्न रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मिडिया इन्फ्लुएन्सरहरू टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने संलग्न रहेको उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । जनआस्थाको सौजन्यमा प्राप्त प्रतिवेदनअनुसार विभिन्न घटनासम्बन्धी भ्रामक दाबीहरू सामाजिक सञ्जालमार्फत फैलाइएको पाइएको छ ।

२३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ वटा शवको कंकाल भेटिएको भन्दै प्रचार गरिएको र २४ गते बानेश्वरस्थित संसद भवनभित्र ३२ जना हराइरहेका प्रदर्शनकारी मृत अवस्थामा भेटिएको भनी गलत सूचना फैलाइएको आयोगले जनाएको छ । यस्ता दाबीहरू फैलाउन उपर्युक्त इन्फ्लुएन्सरहरूको संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, एक विमान परिचारिकाले हिमालयन एयरलाइन्समार्फत प्रधानमन्त्री केपी शर्मा ओली दुवई भागेको र आफूले देखेको भनी भ्रामक प्रचार गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

उक्त दाबीपछि हिमालयन एयरलाइन्सले खण्डन गर्दै औपचारिक प्रेस विज्ञप्ति नै जारी गर्नुपरेको बताइएको छ ।

प्रतिवेदनमा अर्को उदाहरणका रूपमा एउटा मिडियामार्फत नेपाली कांग्रेसका महामन्त्री गगन थापा भीडबाट घिसारिँदै पिटिएको भनी गलत प्रचार गरिएको उल्लेख छ । 

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट बच्न नदीमा भागिरहेको र उनलाई व्यक्तिहरूले पिटिरहेको जस्तो दृश्य भिडियोमार्फत प्रस्तुत गरिएको भए पनि त्यो पनि भ्रामक रहेको आयोगको निष्कर्ष छ ।

आयोगले यस्ता भ्रामक सूचना फैलाउने गतिविधिले आन्दोलनको क्रममा जनमानसमा भ्रम सिर्जना गरेको र स्थिति थप जटिल बनाएको उल्लेख गर्दै तथ्यमा आधारित सूचना प्रवाहमा ध्यान दिन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22