२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा जनजाति लक्षित एफ्पिकसम्बन्धी अभिमुखीकरण

प्रकाशित मिति : २०८३ बैशाख ९ गते
Photo : newsprabah

– बबिलाल तामाङ
भरतपुर । चितवनका आदिवासी जनजातिलाई लक्षित गरी स्वतन्त्र, अग्रिम जानकारीसहितको मन्जुरी (एफ्पिक) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

आदिवासी जनजाति विकासका लागि राष्ट्रिय प्रतिष्ठान (एनएफडीन) तथा डब्लुडब्लुएफ नेपालको सहयोगमा मंगलबार भरतपुरको भरतपुर गार्डेन रिसोर्टमा एफ्पिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा एनएफडीनका प्रशिक्षक खिम घलेले एफ्पिकको कानुनी प्रक्रिया, सन्दर्भ र उपकरणहरुलगायतका विषयमा प्रशिक्षण दिए । चितवन राष्ट्रिय निकुञ्ज प्रमुख गणेश पन्तले सामुदायिक वन तथा निकुञ्जका जोखिमबारे प्रष्ट पारेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले (एफ्पिक) सम्बन्धी अभिमुखीकरण कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी आदिवासी जनजातिलाई समेट्दै वृहत रुपमा लैजानुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, विश्वव्यापी कोष र प्रकृति नेपाल (डब्लुडब्लुएफ) का डा घना एस गुरुङलगायतले मन्तव्य दिएका थिए ।

प्रशिक्षणमा सहभागीहरुलाई चार समूह विभाजन गरिएको थियो भने समूह कार्य र प्रस्तुति समेत गराइएको थियो ।

एनएफडीनका उपाध्यक्ष रेशम गुरुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने सञ्चालन सुचित्रा रानाले गरेका थिए ।

कार्यक्रममा तामाङ, गुरुङ, मगर, नेवार, राई, दराई, बोटेलगायत तीस जना बढीको सहभागिता रहेको थियो । सहभागीहरुले कार्यक्रमलाई सकारात्मक रुपमा लिँदै समाज रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37