चितवन / भरतपुर–५, नारायणपुरको नमूना टोल विकास संस्थाको अध्यक्षमा पुरुषोत्तम पोखरेल निर्वाचित भएको छ । संस्थाको १४औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट पोखरेल निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा सरस्वती दवाडी न्यौपाने, सचिवमा खरबहादुर तामाङ, कोषाध्यक्षमा मिनराज तामाङ, सहसचिवमा कमल जैसी तिमिल्सिना निर्विरोध चयन भएका छन् ।
- ADVERTISEMENT -

यस्तैगरी सदस्यहरुमा दिपकप्रसाद भट्ट, संगीता श्रेष्ठ चयन गरिएको छ अन्य सदस्यहरु संस्थाको पहिलो बैठकको निर्णयबाट छानिने नवनिर्वाचित सचिव खरबहादुर तामाङले जानकारी दिए ।
त्यस्तैगरी लेखा समिति संयोजकमा एकनारायण पोखरेल, सदस्यहरुमा राधिका श्रेष्ठ, पृथ्वी ढकाल तथा सल्लाहकार समिति संयोजकमा गणेशमान तामाङ, सदस्यहरुमा गोपाल सापकोटा, केशकुमारी श्रेष्ठ रामचन्द्र तामाङ छानिएका हुन् ।










































