२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देउवा दम्पतीविरुद्ध अघि बढ्यो रेड नोटिस प्रक्रिया

इन्टरपोललाई पठाइयो थप कागजात
प्रकाशित मिति : २०८३ बैशाख २७ गते

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रेड नोटिसका लागि इन्टरपोलले थप कागजात माग गरेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) ले आवश्यक विवरण पठाएको हो । “केही दिनअघि थप कागजात माग गर्दै इमेल आएको थियो । सोही अनुसार आवश्यक कागजात पठाएका छौं” प्रहरी स्रोतले भन्यो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया समेत अघि बढाइएको थियो ।

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गराउन एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको भए पनि आवश्यक कागजात अपुग भएको भन्दै इन्टरपोलले हालसम्म रेड नोटिस जारी गरिसकेको छैन ।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए । उनीहरू गत १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ ।

यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै उनीहरू सिंगापुर गएका थिए । त्यतिबेला भने उपचारपछि नेपाल फर्किएका थिए ।

तर, यसपटक १४ फागुनदेखि विदेशमा रहेका देउवा दम्पती हालसम्म नेपाल फर्किएका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन् ।

यदि इन्टरपोलमार्फत रेड नोटिस जारी भएमा सदस्य रहेका १९६ मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45