२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अस्पतालमा उपचाररत महिलाको मृत्यु, कानको १ तोला मुन्द्रा नै गायब

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते
File photo.

विराटनगर / ग्रिनक्रस हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएपछि उनको कानमा रहेको सुनको मुन्द्रा गायब भएको छ । मुन्द्रा गायब भएसँगै परिवारले अस्पताल प्रशासनमाथि प्रश्न उठाएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सविना दनुवार उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । आइतबार बिहान चिकित्सकले मृत घोषणा गर्नुअघि ईसीजी गर्ने भन्दै पर्दा लगाइएको थियो । परिवारका अनुसार सोही समयमा उनको कानमा रहेको करिब एक तोला सुनको मुन्द्रा हराएको हो ।

- ADVERTISEMENT -

Advertisement

आफन्तले सुन गायब भएको विषय उठाएपछि अस्पताल प्रशासनले सुरुमा घटना अस्वीकार गरेको बताइएको छ । तर उपचारकै क्रममा खिचिएको भिडियोमा मृतकको कानमा सुन देखिएको तथा सीसी क्यामेरा फुटेजमा शंकास्पद गतिविधि भेटिएपछि अस्पताल प्रशासन दबाबमा परेको स्रोतको दाबी छ ।

घटनापछि अस्पताल परिसर केही समय तनावग्रस्त बनेको थियो । प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पताल प्रशासनले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारलाई एक तोला सुन बराबरको रकमको चेक दिएको जनाइएको छ ।

अस्पतालका सञ्चालक कृष्ण खवास ले घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । यता मोरङ प्रहरी प्रमुख कवित कटवालले घटनामाथि गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

जीवन बचाउने थलो मानिने अस्पतालमै मृतकको शरीरबाट गहना हराएको घटनाले सर्वसाधारणमा आक्रोश र त्रास फैलिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45