काठमाडौं / टिकटकर तुल्सा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।
उनी अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए ।
- ADVERTISEMENT -

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । अधिकारी भने फरार थिइन् ।
- ADVERTISEMENT -









































