काठमाडौं / नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित ३२ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चाररचार, भक्तपुर र नवलपरासीबाट तीनरतीन, काठमाडौँ र रुपन्देही दुई–दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक–एक जना पक्राउ परेका हुन् ।
- ADVERTISEMENT -

प्रहरीले उनीहरूको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल, टापेन्टाडोल, नाइट्राभेट, नाइट्राजेपाम र स्पास्मो बरादम गरेको छ ।











































