२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

निर्मला हत्याको तीन वर्ष पूरा, टुंगिएन अनुसन्धान

प्रकाशित मिति : २०७८ श्रावण ११ गते

काठमाडौं / बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ।
तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन। तीन वर्ष बितिसक्दासमेत प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ।
अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेको नेतृत्वमा अनुसन्धान चलिरहेको एसपी उमाप्रसाद चतुर्वेदीले बताए। ‘हामी इमान्दारिताका साथ अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘अहिले पनि हामी सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं, ढिलो भए पनि प्रहरीको अनुसन्धान सफल हुन्छ।’
जिल्ला प्रहरी कार्यालयका मात्रै होइन, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ। ‘अनुसन्धान निष्कर्षमा पुग्न यथेष्ठ प्रमाण प्राप्त हुन सकेको छैन’, एसपी चतुर्वेदीले भने, ‘हामी बलियो प्रमाणको खोजीमा छौं।’
उनले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको समेत बताए। निर्मला घटनालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। चतुर्वेदी निर्मला घटनाबारे विगतमा केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि आएका थिए।
उता निर्मलाका बुवा यज्ञराज पन्तले सास रहुन्जेल न्यायको आश नर्मने बताए। ‘जबसम्म सास छ, तबसम्म त न्यायको आश रहन्छ नै’, उनले भने, ‘अहिले सरकार फेरिएको छ, न्याय दिलाउँछु भन्ने नेताहरू पनि सरकारमा छन्, अब न्याय पाइएला कि भन्ने आशा पलाएको छ।’
निर्मला प्रकरणको सुरुदेखि आन्दोलनमा रहेका नागरिक समाजका सचिव नरबहादुर साउदले निर्मला पन्तले न्याय पाउनुपर्ने बताए। ‘अहिले सरकार परिवर्तन भएको छ, न्याय पाउने आश छ हामीलाई’, उनले भने, ‘अहिलेको सरकारलाई पनि ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका छौं।’
२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा निर्मलाको शव फेला परेको थियो। घटना भएको एक महिनापछि भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलिप विष्टलाई सार्वजनिक गरेपछि निर्दोषलाई फसाउन खोजिएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका शनि खुनाको ज्यान गएको थियो।
चार प्रतिवेदन वने उपलब्धि शून्य
दिलिप विष्टलाई प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्कियो। प्रहरीको गोली लागेर दर्जनौं घाइते भए भने एक जनाको मृत्यु भयो। तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई सरकारले केन्द्रमा तान्यो। भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समिति गठन ग¥यो। समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र छ। मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धीरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरू तयार भएका छन्। तर, ती प्रतिवेदनहरू अहिले पनि अलमलमा छन्।
फेरिए ६ अनुसन्धान अधिकृत
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धानका लागि ६ वटा अनुसन्धान अधिकृतहरू फेरिएका छन्। तर, निर्मला हत्याको कुनै टुंगो भने लाग्न सकेको छैन। अनुसन्धान अधिकृत रहने प्रहरी नायव उपरीक्षक पद भने छोटो समयमै परिवर्तन हुने क्रम देखिएको छ। सुरुवातमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एकीन्द्र खड्का खटिएका थिए। निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत खड्कासहित सात जना प्रहरी निलम्बित भए।
तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले घटनाको केही महिनापछि जागिरबाटै बर्खास्त ग¥यो। निर्मला प्रकरणको दुई वर्ष पुग्नै लाग्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसके।
सुरुका अनुसन्धान अधिकृत खड्का निलम्बिन भइसकेपछि निर्मला प्रकरण अनुसन्धानको नेतृत्व सम्हालेका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा केही महिनामै अन्यत्र सरुवा भए।
उनको सरुवापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टको पनि निर्मला प्रकरणको फाइल अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरीया काज सरुवा भयो।
त्यसपछि निर्मला प्रकरणमा अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी नायव उपरीक्षक गणेश बम केही समय मात्रै कञ्चनपुर बसेर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11