मकवानपुर / अवैध चाँदीको गरगहना र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकखण्डस्थित सवारीसाधनहरु रोकी चेकजाँच गर्ने क्रममा अवैध चाँदीको गरगहना र मोरटसाईकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवनको माडी नगरपालिका वडा नम्वर ६ बस्ने २३ वर्षीय सागर सुनार र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २२ बस्ने ३५ वर्षीय शम्भु घताने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, प्रहरीले उनीहरुको साथबाट चाँदीको तयारी बाला ८० थान, गणेश बाला १६ थान, बागमुखे बालाको टुक्रा ८ थान, पञ्चरत्न बाला ३७ थान गरी जम्मा ५११ ग्राम ९५० मिलि ग्राम बरामद गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकखण्डमा सवारीसाधन चेक जाँच गर्ने क्रममा प्रदेश २–०३–००४ प २५६ नं. को मोटरसाईकल चालक सुनार र सवार घतानेले लुकाईछिपाई भन्सार छली चोरी पैठारी गरी ल्याएको उक्त परिणामको चाँदी बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाएको छ ।
चाँदीका गरगहनासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

चाँदीको गरगहना र मोटरसाइकसहित दुई पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













