नवलपुर / जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित गर्दै सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ । चाडपर्वको मौका छोपी हुने घटना नियन्त्रणका लागि चेकजाँचलाई कडा पारिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताए । ट्राफिक चेकजाँच एवं सुरक्षामा गस्तीसहित कडाई गरिने उनले भने ।
चेकजाँचसहित सिभिलमा प्रहरी खटाएर सूचनाहरु संकलन गर्ने, बिगतका घटनाको अवस्थालाई हेरी त्यस्ता क्षेत्रमा निगरानी बढाउने काम गरिने प्रहरी प्रमुख प्रकाश मल्लले बताए । प्रहरीको पहुँच कम भएका क्षेत्रहरुमा निगरानीका लागि प्रहरी परिचालन गरिने समेत उनले बताए । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न, जुवातास रोक्न, नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण जस्ता काममा प्रहरी निरन्तर लागि रहेको उनको भनाइ छ ।
चाडपर्वका समयमा कतिपय मानिस घर खाली गरेर बाहिर जाने कारणले चोरीका घटना हुने गरेका छन् । सामाजिक सञ्जालमा आफू घर बाहिर भएको लगाएतका गतिविधिको जानकारी दिँदा समेत चोरीजन्य घटना हुने गरेकाले सर्वसाधारणले आफ्ना गोप्य सूचनाहरु सार्वजनिक नगर्न आग्रह गरिएको छ ।
कुनै स्थानमा शान्ति सुरक्षामा खलल पुग्ने गरी घटना हुन लागेको जानकारी पाए आफ्नो नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरी सूचना दिन समेत प्रहरी प्रमुख मल्लले आग्रह गरे ।
- ADVERTISEMENT -

चाडपर्व लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाई

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













