दोलखा / हिमपातका कारण जिल्लाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको छ । मंगलबार रातिबाट भएको हिमपातका कारण विद्युत् सेवा अवरुद्ध बनेको हो ।
विद्युत् सेवा ठप्प हुँदा नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकको मोबाइल सेवा पनि अवरुद्ध बनेको छ । टेलिफोन टावरमा विद्युत् सेवा सञ्चालन नभएकोले मोबाइल सेवा बन्द भएको नेपाल दूरसञ्चार प्राधिकरणका शाखा प्रमुख राजु गिरीले बताए ।
‘कालिञ्चोकमा विद्युत् सेवामा समस्या छ,’ उनले भने, ‘हाम्रो ब्याकअप ६/८ घण्टा धान्छ, विद्युत् आयो भने प्राविधिक पठाएर पुनः सेवा सञ्चालन गर्छौं ।’ हिमपातपछि कालिञ्चोकमा रहेको विद्युत् ट्रान्सफर्मर हिउँले पुरिएको छ । जसका कारण सेवा ठप्प भएको विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताए । ‘म आफैं कालिञ्चोक पुगेर निरीक्षण गरेर आएँ,’ उनले भने, ‘ट्रान्सफर्मर हिउँले पुरिएको छ, घाम नलागेसम्म विद्युत् सेवा दिन सक्दैनौं ।’ घाम लागेर हिउँ पग्लेपछि मात्रै सेवा सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘अहिले विद्युत् पठाए ट्रान्सफर्मर पड्केर झन् समस्या हुन्छ,’ उनले भने ।
विद्युत् अवरुद्ध भएपछि कालिञ्चोकका होटल व्यवसायीलाई जेनेरेटर चलाउन डिजेल र पेट्रोल किन्नको चटारो छ । अंग्रेजी नयाँ वर्षका लागि कोठा बुकिङ भइसकेकोले सेवा दिनका लागि धेरै व्यवसायी इन्धन लिन चरिकोट पुगेका व्यवसायी हरि ओली बताउँछन् । ‘निरन्तरको हिमपातपछि कालिञ्चोक हिउँले पुरिएको छ । जसका कारण थप पर्यटक आउने निश्चित छ । यसको तयारीमा हामी व्यवसायी छौं,’ उनले भने ।
३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको कालिञ्चोकमा केबलकार पनि जेनेरेटरबाट सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले भने कालिञ्चोक आउजाउ गर्दा सतर्कता अपनाउन भनेको छ । (यो समाचार कान्तिपुर दैनिकमा केदार शिवाकोटीले लेखेका छन् ।)
- ADVERTISEMENT -

कालिञ्चोकमा हिमपात : विद्युत् र मोबाइल सेवा ३ दिनदेखि अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11











