काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले वीर सहिदहरूको बलिदानीबाटै आज नेपाली जनता सार्वभौमसत्ता सम्पन्न हुन पाएको बताएकी छिन् ।
सहिद दिवस, २०७८ को अवसरमा आज आइतबार सम्पूर्ण नेपालीहरूमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले ज्ञात–अज्ञात सबै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेकी छिन् ।
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान सहिदहरूको सम्झना गर्दै भण्डारीले भनेकी छिन्, ‘नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति उच्च सम्मान छ ।’ सहिदहरूको बलिदानीबाटै आज नेपालीहरू सार्वभौमसत्ता सम्पन्न हुँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रको बाटोमा लम्किरहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।
भण्डारीले सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, बचन र कर्मले समर्पित हुने आँट र हौसदा प्रदान गर्न सकोस् भन्ने कामना समेत गरेकी छिन् ।
‘महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु,’ राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झनामा आज सहिद दिवस मनाइँदै छ । खासगरी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सहिदहरूको सम्झना गर्दै हरेक वर्षको माघ १६ गते यो दिवस मनाइँदै आइएको छ ।
- ADVERTISEMENT -

‘वीर सहिदहरूको बलिदानीबाटै सार्वभौमसत्ता सम्पन्न हुन पाएको हो’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37










