बुटवल / प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो ।
ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सातजना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।
तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा प¥यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।
पक्राउ पर्ने युवायुवतीहरू भने कार्यालयका कर्मचारी मात्रै हुन् । उनीहरूले आफूहरू जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।
- ADVERTISEMENT -

रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, पक्राउ परे १५० युवायुवती

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













