चितवन / भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा सम्पन्न भएको नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा सिद्धि विनायक स्कुल प्रथम भएको छ ।
तीन दिनसम्म चलेको प्रतियोगितामा ६० अंक प्राप्त गर्दै सिद्धि विनायकले प्रथम स्थान हासिल गरेको हो । सिद्धि विनायकले ६ स्वर्णसहित कुल १० पदक जित्यो ।
सिद्धि विनायकका लागि पुरुष ३ किलो मिटर र १५ सय मिटर दौडमा सुनिल विक एक्लैले २ स्वर्ण जिते । ८ सय मिटरमा अभिषेक विक, महिला ८ सय मिटरमा आयुशा परियार र ट्रिपल जम्प पुरुषमा उज्ज्वल भुषालले स्वर्ण जितेका छन् ।
सिद्धिविनायकले चार गुणा चार रिलेमा पनि एक स्वर्ण हात पार्न सफल भयो । यस्तै सिद्धि विनायकले ३ रजत र एक कास्य पनि जितेको छ ।
४६ अंक प्राप्त गरेको स्मल हेभन दोस्रो भएको छ । स्मल हेभन दुई स्वर्णसहित १२ पदक जित्न सफल भयो । स्मल हेभनले चार गुणा सय रिले पुरुष र महिला बास्केट बलमा स्वर्ण हात पा¥यो । यस्तै स्मल हेभनले थप चार रजत र ६ कास्य जित्यो ।
३९ अंक पाएको मिलन ईँग्लिस बोर्डिङ स्कुल तेस्रो भएको छ । मिलन स्कुलले ४ स्वर्ण, १ रजत र १ कास्य पदक जित्यो । उसका लागि सलिस्मा ढकाल एक्लैले ३ स्वर्ण जितेकी छन् । सलिस्माले महिला २ सय र ४ सय मिटर दौड तथा ट्रिपल जम्पमा गरी चार स्वर्ण जितिन् । यस्तै महिला १५ सय मिटरमा अमिशा पौडेलले पनि स्वर्ण पदक जितेकी छन् ।
सिद्धि विनायकका सुनिल विक उत्कृष्ट पुरुष खेलाडी बन्दा मिलन स्कुलकी सलिश्मा ढकाल उत्कृष्ट महिला खेलाडी बनिन् । लिटल फ्लावरकी दिया गुरुङ उत्कृष्ट कबड्डी खेलाडी भईन् भने स्मल हेभनकी आहाना लामा उत्कृष्ट बास्केटबल खेलाडी घोषित भईन् ।
लिटल फ्लावर उत्कृष्ट मार्च पास स्कुल बन्दा स्काई राइडर अनुशासित स्कुल बन्यो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल, स्कुलका प्राचार्य रामचन्द्र न्यौपानेले पुरस्कार वितरण गरे । स्मल हेभनको आयोजनामा भएको प्रतियोगितामा ३८ विद्यालय सहभागी थिए ।
- ADVERTISEMENT -

एथ्लेटिक्स मिटमा सिद्धिविनायक स्कुल प्रथम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11










