Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

छिन्चुमा पल्टनका दर्शनले गरे आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिति : २०८२ बैशाख २३ गते

काठमाडौं / सुर्खेतको छिन्चुमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रेम सम्बन्धबाट विवाह बन्धनमा बाँधिएका उनीहरूबीच विश्वासको चुरो टुटेपछि हत्या जस्तो जघन्य अपराधसम्मको घटना भएको हो ।

प्रहरीका अनुसार नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेमा ओली खत्रीको शनिबार साँझ निर्मम हत्या गरेका हुन् । दर्शन र प्रेमाबीच सात वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरू सुर्खेतको गुर्भाकोट नगरपालिका(५ थक्लेनीमा पाँच वर्षीया छोरीसहित बस्दै आएका थिए । पछिल्ला दिनमा उनीहरूबीच सम्बन्ध बिग्रँदै गएको, बारम्बार झगडा हुने गरेको र एकअर्कामाथि शंका गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

- ADVERTISEMENT -

Advertisement

दशैँमा समेत बिदामा घर नआएका दर्शनले शनिबार भने प्रेमालाई छिन्चु बोलाएर सरप्राइज दिन चाहेको बहानामा झुट बोलेर भेट गर्न लगेका थिए । प्रेमाले सामान लिन जाने क्रममा साँझ करिब साढे ६ बजे उनीहरू भेटिए । केही समय कुराकानी गरेपछि उनीहरू वीरेन्द्रनगरतर्फ लागे । बाटोमा झगडा चर्किएपछि उनीहरू रामजानकी सामुदायिक वनतर्फ हिँडे ।

कसरी भयो हत्या ?
झगडाकै क्रममा दर्शनले प्रेमाको मोबाइल खोसेर हेर्दा त्यहाँ अर्का पुरुषको फोटो देखे । त्यसपछि विवाद थप चर्कियो । प्रेमा पनि दर्शनको अन्य महिलासँगको सम्बन्धबारे प्रश्न उठाउन थालिन् । आधा घण्टासम्म दुवै जनाको झगडा भयो । विवाद उत्कर्षमा पुगेपछि दर्शनले नजिकैको ढुंगा उठाएर प्रेमाको टाउकोमा प्रहार गरे ।

प्रेमा भुइँमा ढलेपछि दर्शनले केही समय कुरे र प्रेमा मरेको सुनिश्चित भएपछि उनको सलले घाँटी बाँधेर घिसार्दै नजिकैको खाडलमा फाले । आत्महत्या जस्तो देखाउन सल्लगायतका सामग्री प्रयोग गरी घटना ढाकछोप गर्ने प्रयास गरिएको थियो । साँझ साढे ६ बजेतिर छिन्चुमा श्रीमान र श्रीमतीबीच भेट भएको खत्रीले प्रारम्भिक बयानमा भनेका छन् । राति ८ बजे प्रेमाको हत्या गरी शव खोल्सामा फालिसकेपछि घटनास्थलबाट गुर्भाकोट घर गएका थिए ।

आईतबार दिउँसो स्थानीयवासीले जंगल नजिकैको खाडलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट प्रेमाको मोबाइल, रगतका दाग र सलसमेत बरामद गरेको छ । घटनापछि दर्शन सुर्खेतकै एक होटलमा गएर झोला राखी गुर्भाकोटस्थित घर फर्किएका थिए। प्रहरीको खोजीपछि उनलाई घरबाटै पक्राउ गरी सोधपुछ गरिएको थियो । सोधपुछमा उनले घटना स्वीकार गरेका छन् ।

प्रहरीले दर्शनलाई सुर्खेत जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98