Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रक्सौलमा एक नाबालिग नेपाली किशोरी मानव तस्करको चंगुलबाट मुक्त

प्रकाशित मिति : २०८२ असार ४ गते
sketch

रक्सौल / भारत–नेपाल सीमास् सशस्त्र सीमा बल (एसएसबी) ४७औं बटालियन, प्रयास जुभेनाइल एड सेन्टर पूर्वी चम्पारण र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेशनमा रक्सौल सीमामा एक नाबालिग नेपाली किशोरीलाई मानव तस्करको चंगुलबाट मुक्त गराइएको छ। रक्सौल कस्टम नजिकै संदिग्ध अवस्थामा रोकेर गरिएको जाँचपडतालमा अचम्म लाग्दो खुलासा भएको छ।

नाबालिग किशोरी (काल्पनिक नाम– मनीषा मनाली, उम्र करिब १३ वर्ष), काठमाडौं, नेपालकी बासिन्दा हुन् । अनुसन्धानमा उनले बताएअनुसार, करिब एक वर्षअघि स्टार मेकर एपमार्फत उनको पूर्वी चम्पारण, तुरकौलिया थानाका शेख रिजवान (काल्पनिक नाम) सँग मित्रता भएको थियो । अनलाइन कुराकानीको क्रममा यो मित्रता प्रेम सम्बन्धमा परिणत भयो । रिजवानले उनलाई दुई पटक काठमाडौंमा भेट्न गएका थिए । तेस्रो पटक उनलाई दिल्ली लैजाने योजनामा थिए ।

- ADVERTISEMENT -

Advertisement

रिजवानले किशोरीलाई दिल्लीमा कल सेन्टरमा जागिर लगाइदिने र पछि बिहे गर्ने झुटो आश्वासन दिएका थिए । किशोरीले आफ्नो परिवारलाई केही नभनी रिजवानसँग भारत आउँदै थिइन् । सीमामा टोलीलाई शंका लागेपछि दुवैलाई रोकेर सोधपुछ गरियो । सोधपुछमा यो मानव तस्करीको मामला भएको पुष्टि भयो ।

मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै दुवैलाई रक्सौलको हरैया थानामा बुझायो । आरोपीविरुद्ध मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान जारी छ। यो संयुक्त अपरेशनमा सहायक सब (इन्स्पेक्टर खेमराज, निर्भय कुमार, आर्यलक्ष्मी, प्रयास जुभेनाइल एड सेन्टरकी जिला परियोजना समन्वयक आरती कुमारी, सामाजिक कार्यकर्ता राज गुप्ता, विजय कुमार शर्मा, र न्याय नेटवर्कका तर्फबाट आरती कुमारी र गौरव कुमार सहभागी थिए ।

पुलिस र सामाजिक संस्थाहरूको तत्परताले ठूलो घटना टरेको छ र एक मासूम किशोरीलाई सुरक्षित बचाउन सकिएको छ ।

आजकाल सोसल मिडिया युवाहरूका लागि मनोरञ्जनको साधन बने पनि यसको दुरुपयोगले धेरै युवाहरू जोखिममा पर्ने गरेका छन् । सचेत रहन र यस्ता गतिविधिबाट बच्न परिवार र समाजको सहयोग आवश्यक छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98