Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभर सोमबारदेखि भारी वर्षा हुने – मौसम

प्रकाशित मिति : २०८२ श्रावण ३ गते
File photo.

काठमाडौं / पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोमबारसम्म नेपालभर भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलले जनाएका छन् ।

“शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म नेपालभरि भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहनुहोला,” पोखरेलले फेसबुकमा लेखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार, मनसुनी प्रणाली भारततर्फ रहेमाले नेपालमा शनिबार दिउँसोसम्म केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि शनिबार मध्यरातदेखि पूर्वी तराई तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मध्य तराईसहित देशभर भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।

सोमबार दिउँसोदेखि पश्चिम र सुदूरपश्चिममा अत्यधिक वर्षा हुने । आइतबार–सोमबार वाग्मती, कोसी र गण्डकी जलाधार क्षेत्रमा भीषण वर्षा हुनेछ । आइतबार र सोमबार लामो दुरीको यात्रा नगरौँ । खासगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग, बुटवल–नारायणगढ खण्ड भुलेर पनि यात्रा नगरौँ, उपाध्यायले फेसबुकमा लेखेका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि शनिबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98