Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाग्मती नगरपालिकाका मेयर थापा दोषी ठहर, ३३ करोड भ्रष्टाचार ठहर

प्रकाशित मिति : २०८२ श्रावण २२ गते

काठमाडौं / विशेष अदालतले एक फैसला सुनाउँदै सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई एकै दिन दुई फरक भ्रष्टाचारका मुद्दामा दोषी ठहर गरेको छ । चर्चित ‘भरत ताल’ निर्माण गर्दा सरकारी सम्पत्तिमा अर्बौंको हानी(नोक्सानी पुर्‍याएको र गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार राति यो फैसला सुनाएको हो । अदालतको फैसलासँगै भ्रष्टाचारको आरोपमा गत चैतदेखि निलम्बनमा रहेका थापाको मेयर पद धरापमा परेको छ ।

- ADVERTISEMENT -

Advertisement

भरत ताल प्रकरणस् ३० करोडको भ्रष्टाचार
अदालतले ‘भरत ताल’ निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थमा भ्रष्टाचार भएको ठहर गरेको छ । यस मुद्दामा मेयर थापासँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र इन्जिनियर सागर पौडेललाई पनि दोषी ठहर गरिएको छ । यद्यपि, सोही मुद्दामा आरोपित उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाएका छन् ।

अख्तियारको आरोपपत्र अनुसार, सागरनाथ वन विकास परियोजनाको स्वीकृतिविना वन क्षेत्रमा ताल खनिएको र उत्खननबाट निस्किएको ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थको बिक्रीमा व्यापक अनियमितता गरिएको थियो । करिब १३ लाख ४० हजार घनमिटर नदीजन्य पदार्थको हिसाब नै नदेखाई बिक्री गरेर नगरपालिकालाई २६ करोड ८० लाख नोक्सान पुर्‍याइएको र त्यसमा भ्याट जोड्दा कुल ३० करोड २९ लाख रुपैयाँ हानी भएको अख्तियारको दाबीलाई अदालतले सदर गरेको हो । यस मुद्दामा दोषी ठहर भएकाहरूलाई सजाय निर्धारणका लागि अदालतले आगामी साउन २९ गते पेशी तोकेको छ ।

साढे ३ करोड अवैध आर्जन
यसैगरी, अदालतले थापालाई गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दामा पनि दोषी ठहर गरेको छ । अदालतको ठहर अनुसार, उनको कुल १२ करोड ५९ लाख रुपैयाँको सम्पत्तिमध्ये ९ करोड १४ लाख रुपैयाँको मात्रै वैध स्रोत खुलेको र बाँकी ३ करोड ४५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको पाइएको हो ।

यस मुद्दामा अदालतले उनलाई एक वर्ष कैद, गैरकानुनी रूपमा आर्जित बिगो ३ करोड ४५ लाख रुपैयाँ जफत र सोही बराबरको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । अख्तियारले भने उनले ५ करोड ३३ लाख रुपैयाँ अवैध सम्पत्ति कमाएको दाबी गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67