चितवन / भरतपुर महानगरपालिका वडा नं.–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साकोसले आज (सोमबार) ‘समुदायमा आधारित दिगो सहकारी’ भन्ने मूल नाराकासाथ शेयर सदस्यहरुको बाक्लो उपस्थितिमा १८आंै वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
- ADVERTISEMENT -

नेफ्स्कुन काठमाडौंका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक श्री ईन्द्रज्योति पौडेलले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पौडेलले संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै संस्थाको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रमका सभापति थिरप्रसाद धितालले संस्थाको पृष्ठभूमिबारे प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष समेत रहेका धितालले सबै शेयर सदस्यहरुलाई संस्थागत हरेक गतिविधिमा सहभागी हुन आग्रह गरे ।
- ADVERTISEMENT -

भरतपुर वडा नं. २ वडाध्यक्ष मनोज रानाभाटले सिद्धि विनायक साकोस स्थानीयस्तरमै उत्कृष्ट संस्था बन्न सफल भएको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रानाभाटले संस्थाको हरेक गतिविधि सेवामुखी भएकोले शेयर सदस्यहरु लाभान्वित भएको भनाइ थियो ।
कार्यक्रममा सिद्धि विनायक साकोसका संस्थापक अध्यक्ष तथा सल्लाहकार शालिक घिमिरे, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता जगन्नाथ भण्डारी, संस्थाको तर्फबाट महिला सदस्य कमला सापकोटा पराजुली र पुरुष सदस्यको तर्फबाट देवीलाल चापागाईलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, सभापतिलगायतले संयुक्त रुपमा उत्कृष्ट बाल बचत, उत्कृष्ट खुत्रुके बचत, सदस्य वृद्धि अभियानमा योगदान पु¥याउने, उत्कृष्ट बचत, उत्कृष्ट कारोवारी सदस्यलाई प्रशंसापत्र, खादाले सम्मान गरेका थिए भने संस्थाका कर्मचारीहरुलाई संस्थागत योगदानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जयराम पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए ।
संस्थामा हाल दुई हजार बढी शेयर सदस्यहरु छन् भने वि.सं. २०६५ सालमा स्थापना भएको हो ।
















































