Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भड्काउपूर्ण अभिव्यक्ति दिने दुर्गा प्रसाईँ पक्राउ

प्रकाशित मिति : २०८२ मंसिर २ गते
file photo.

काठमाडौं / देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि र भड्काउपूर्ण अभिव्यक्तिका कारण चर्चामा रहेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै कडा निगरानी गरिरहेका प्रसाईंलाई पक्राउ गरिएको हो ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकमा प्रसाईंका गतिविधिलाई गम्भीरतापूर्वक लिँदै कारबाहीको दायरामा ल्याउनेबारे गहन छलफल भएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले प्रसाईंका अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । विशेषगरी ‘दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिनसक्छन्’ र ‘देशै ठप्प हुन्छ’ भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले अत्यन्तै गम्भीरताका साथ लिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सुरक्षा समिति बैठकले प्रसाईंको नाम उल्लेख नगरी हिंसा भड्काउने, जनतालाई आतंकित पार्ने गतिविधि गर्ने जो कोहीलाई पनि कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रालयका एक अधिकारीका अनुसार उक्त निर्णय दुर्गा प्रसाईंका अभिव्यक्तिलाई नै लक्षित गरी गरिएको थियो । केही दिनअघि गृहमन्त्री अर्यालले समेत प्रसाईंसहितका व्यक्तिका अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको सार्वजनिक रुपमा बताएका थिए ।

प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेपछि गृह प्रशासनले उनलाई छलफलका लागि बोलाएको थियो । प्रसाईंका प्रतिनिधि माधव खतिवडासहितको समूहले मन्त्रालयमा २६ बुँदे मागपत्र पेस गर्दै आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको थियो । तर, उक्त प्रतिबद्धता विपरीत प्रसाईंले निरन्तर भड्काउपूर्ण अभिव्यक्ति दिँदै आएपछि प्रहरीले कडा कदम चालेको हो ।

मध्यराति उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । सोमबार दिउँसोसम्म उनले आफैं गिरफ्तारी दिने दाबी गरे पनि अन्ततः प्रहरीले उनलाई उनको निवासबाटै पक्राउ गरेको हो । हाल उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

प्रहरीले उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउने भन्नेबारे भने टुंगो लगाइसकेको छैन । मंगलबार सरकारी वकिलसँग सल्लाह गरी उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98