Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौंमा चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति : २०८२ पुष ६ गते
file photo.

काठमाडौं / जाडो याम छिप्पिँदै जाँदा काठमाडौं उपत्यकाको वायुमण्डल थप चिसिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाको ताजा विवरणअनुसार शनिबारको तुलनामा आइतबार बिहान उपत्यकाको न्यूनतम तापक्रममा गिरावट आएको हो ।

महाशाखाले आइतबार बिहान ५ः४५ बजे गरेको प्रारम्भिक मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रेकर्ड भएको छ । अघिल्लो दिन (शनिबार) सोही समयमा उपत्यकाको तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको थियो । यस तथ्यांकलाई आधार मान्दा २४ घण्टाको अन्तरालमा बिहानीपखको तापक्रममा दशमलव २ डिग्री सेल्सियसले कमी आएको देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि, यो आजको अन्तिम र आधिकारिक न्यूनतम तापक्रम भने होइन । महाशाखाले बिहान ८ः४५ बजे पुनः तापक्रम मापन गर्नेछ । बिहानको चिसो हावा र शीतका कारण ५ः४५ को तुलनामा ८ः४५ बजेको तापक्रम अझै घट्न सक्ने सम्भावना रहन्छ ।

तुलनात्मक रूपमा हेर्दा, शनिबार बिहान ८ः४५ बजेको आधिकारिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस कायम भएको थियो । मौसम विज्ञानका अनुसार २४ घण्टाको अवधिमा मापन गरिएको सबैभन्दा कम विन्दुलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी विन्दुलाई अधिकतम तापक्रमका रूपमा अभिलेखीकरण गरिन्छ । महाशाखाले हरेक दिन बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रमको आधिकारिक विवरण सार्वजनिक गर्ने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98