Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एसबीआई बैंकको लुटियो तीन करोड

सुरक्षाकर्मीमाथि धारिलो हतियार प्रहार
प्रकाशित मिति : २०८२ पुष ३० गते

काठमाडौं / सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र समूहले लुटपाट मच्चाएको छ । मुकुण्डो लगाएर आएका ६ जनाको लुटेरा समूहले बैंकका सुरक्षागार्डमाथि सांघातिक आक्रमण गर्दै ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार भएका हुन् ।

मंगलबार साँझ करिब ७ देखि ७ः४५ बजेको बीचमा बैंकभित्र प्रवेश गरेका लुटेराहरूले त्यहाँ कार्यरत कर्मचारीहरूलाई नियन्त्रणमा लिई डोरीले बाँधेका थिए । सोही क्रममा लुटेरा समूहले सुरक्षागार्ड रुद्र कार्कीमाथि धारिलो हतियार प्रहार गरी उनको हात काटिदिएका छन् । बैंकको सेफमा रहेको ठुलो परिमाणको नगद बोरामा भरेर लुटेराहरू नजिकैको जंगलतर्फ भागेका थिए । घाइते गार्डको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

लुटपाटको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दाले जंगल क्षेत्रमा गरेको सघन खोजीका क्रममा लुटेराले फालेर भागेका बोराहरू फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद भएको छ । यस्तै, लुटेराहरू चढेर आएको टाटा सुमो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक काभ्रेको बनेपाका बासिन्दा रहेको र बाँकी लुटेराहरू पनि बनेपाबाटै योजनाबद्ध रूपमा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । लुटेराहरू जंगलतर्फ भागेकाले सो क्षेत्रलाई घेराबन्दी गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ‘हामीले लुटेराहरू आएको सवारी साधन र चालकलाई नियन्त्रणमा लिइसकेका छौँ, बाँकी रकम र फरार अपराधीहरूको खोजीमा प्रहरी टोली परिचालित छ,’ एसपी सुवेदीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98