२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालेनलाई प्रधानमन्त्री बनाउने अन्तिम तयारी, आज बैठक बस्दै

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते
- ADVERTISEMENT -

काठमाडौं / प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन र नेतृत्व चयनको प्रक्रियालाई तीव्रता दिएको छ । समानुपातिक सांसदहरूको नाम छनोट र संसदीय दलको नेता चयनका लागि विद्यमान विधान संशोधन गर्न रास्वपाले आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०बीच बिहीबार भएको लामो संवादपछि यो निर्णय लिइएको हो । सभापति लामिछानेको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सचिवालय बैठकको समय र स्थान तय गरिने प्रवक्ता मनीष झाले जानकारी दिए । लामिछाने हाल चिकित्सकको सल्लाहअनुसार निवासमै आराम गरिरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

रास्वपाले आफ्नो विधानको धारा ६६ मा रहेको संसदीय दलको नेता चयन सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्न लागेको छ । हालको विधानमा साधारण सदस्यहरूले नै संसदीय दलको नेता चुन्न पाउने प्रावधान छ । तर, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २५ ले निर्वाचित सांसदहरूले मात्रै आफूमध्येबाट नेता छान्ने व्यवस्था गरेको छ । कानुनसँग बाझिएको यो प्रावधानलाई संशोधन गरेर रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता निर्वाचित गर्ने योजना बनाएको छ ।

निर्वाचन आयोगले आइतबारभित्र समानुपातिक सांसदहरूको अन्तिम सूची पेस गर्न पत्राचार गरेसँगै रास्वपाले ५७ सिटका लागि उम्मेदवारहरूको नाम टुंगो लगाउन लागेको हो । सचिवालय बैठकपछि बस्ने केन्द्रीय समिति बैठकले उक्त सूचीलाई अन्तिम रूप दिनेछ ।

- ADVERTISEMENT -

Advertisement

प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको रास्वपाले वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । संसदीय दलको नेता चयन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९१० बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ ।

सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच बिहीबार करिब दुई घण्टा संवाद भएको थियो । भेटका क्रममा सरकार गठन, मन्त्रिपरिषद् विस्तार र आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको बताइएको छ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार दुई शीर्ष नेताबीच नियमित संवाद भइरहेको र पार्टी अब ठोस निर्णयका साथ अघि बढ्ने तयारीमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04