काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।
तुलनात्मक रुपमा मौसममा केही सुधार आएको छ तर आज (शनिवार) पनि देशका केही ठाउँमा चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- ADVERTISEMENT -

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा घगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


















































