२०८३ बैशाख ६, आईतवार
April 19, 2026
२०८३ बैशाख ६, आईतवार
April 19, 2026 Sunday
- ADVERTISEMENT -

‘डाइभर्सन’ बगाएपछि बिपी राजमार्ग बिहानैदेखि अवरुद्ध

प्रकाशित मिति : २०८३ बैशाख ६ गते
file photo.

काभ्रेपलाञ्चोक / वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज (आइतबार) बिहानदेखि अवरुद्ध भएको छ । कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

- ADVERTISEMENT -

Advertisement

गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।

गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98