२०८३ बैशाख ५, शनिबार
April 18, 2026
२०८३ बैशाख ५, शनिबार
April 18, 2026 Saturday
- ADVERTISEMENT -

बाजुरामा टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या, गाउँहरु सम्पर्कविहीन

प्रकाशित मिति : २०८३ बैशाख ५ गते

बाजुरा / बाजुरामा फोन नेटवर्क संकट चुलिदैँ गएको छ । पछिल्लो समय बाजुराका नौं वटै स्थानीय तहमा नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या देखिएको हो । उक्त समस्याका कारण यहाँका नागरिकले सञ्चार सेवाबाट समस्या भोग्नु परेको छ ।

जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यहाँको दैनिक जनजीवन प्रभावित बन्दै गएको हो । जिल्लामा पछिल्लो दुइतीन महिना यतादेखि नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर खरावी देखिंदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

फोन लाग्ने, आवाज नसुनिने, कुराकानीकै बीचमा फोन काटिने र आवाज समेत काटिएर आउने जस्ता समस्या देखिन थालेका हुन् । फोन समस्या मात्र नभइ फोरजी सेवा समेत प्रभावित बन्ने गरेको हो । दुर्गम गाउँबस्तीमा भने यो समस्या झनै विकराल बन्दै गएको छ । बडीमालिका नगरपालिका वडा नम्बर९७ का स्थानीय प्रेमलाल पाध्यायका अनुसार नेकवर्कले काम नगर्दा फोन गर्न समेत समस्या भइरहेको जानकारी दिए ।

उनले भने, ‘नेटवर्क राम्रोसँग आउदैन्, फोन लाग्छ तर आवाज सुनिँदैन, कुराकानी गर्दागर्दै विचमै काटिन्छ । आपतकालिन अवस्थामा सम्पर्क नहुँदा झनै गाह्रो हुने गर्छ ।’

त्यस्तै बाजुराकोे हिमाली गाउँपालिकाका स्थानीय जयकृष्ण पाण्डेले नेटवर्कले काम नगर्दा सास्ती भोग्नु परेको गुनासो गरे । सिंगो पालिकाभर मोबाइल नेटवर्क संगसंगै फोरजी सेवा समेत प्रभावित हुँदा एकआपसमा सम्पर्क गर्न समस्या भइरहेको उनले जानकारी दिए ।

कार्यालयमा जिल्लाभर फोन नेटवर्कमा समस्या भइरहेको जनगुनासो दिनहुँ आउने गरेको नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले बताए । उनले जिल्लामा फोन नेटवर्क र फोरजी सेवामा समस्या भएको स्वीकार गरेका छन् । साथै कतिपय टावर विद्युतको पहुँचमा नहुँदा नेटवर्कमा समस्या भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘जिल्लामा २७ वटा टेलिकम टावर सञ्चालनमा छन् । ती मध्ये कतिपय टावरमा विद्युतको सुविधा छैन् । आठवटा टावरमा मात्रै स्थानीय लघु जलविद्युत छ । अरु बढिजसो सोलारबाट सञ्चालनमा छन् । धेरै टावरमा सोलार मात्रै हुँदा यस्तो समस्या उत्पन्न भएको हो ।’

सदरमुकाम मार्तडीमा रहेको १७ मिटरको टावर सानो हुँदा केही समस्या देखिएकाले नयाँ निर्माण भएको ५० मिटरको टावर केही दिन भित्रै जडान सम्पन्न भएपछि यस्तो समस्यामा कमी आउने कार्यालय प्रमुख सिंहले बताए ।

साथै उनले जिल्लाका विभिन्न टेलिकम टावरमा नयाँ यन्त्र, उपकरण थप गरेर लगत्तै यस्तो समस्या समाधान गरिने जानकारी दिए ।

सम्पर्कविहीन जस्तै गाउँहरु :
अहिले जिल्लामा राम्रोसँग नेटवर्कले काम नगर्दा बाजुराका गाउँबस्ती सम्पर्कविहीन जस्तै बनेका छन् । दुर्गम गाउँबस्ती झनै सञ्चार सुविधाबाट टाढिएका छन् । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा सञ्चार सेवाको निकै असुविधा रहेको छ ।

बाजुरालाई दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा अनुसार १७ वटा ठाउँमा नयाँ टावर राख्न सर्भे गरिएको टेलिकम कार्यालय बाजुराले जनाएको छ । कतिपय सम्पर्कविहीन गाउँलाई नेटवर्कको पहुँचमा पुर्याउन यस्तो योजनाको थालनी गर्न लागिएको बताइएको छ ।

नौं वटै स्थानीय तहका नागरिकहरूले फोन नेटवर्कको समस्या झेलिरहेका छन् । सदरमुकाम मार्तडी क्षेत्रसँगै जिल्लाका भौगोलिक रूपमा विकट अति दुर्गम गाउँबस्तीहरुमा फोन नलाग्ने, लागे पनि आवाज नसुनिने र फोरजी सेवा समेत नचल्ने जस्ता समस्या यथावत् छन् । जसले गर्दा दुर्गम गाउँबस्ती सम्पर्कविहीन जस्तै बनेका छन् ।

बाजुराको एउटा अर्को नेपालको रुपमा परिचित गुम्बा गाउँ, जहाँ स्थानीयले फोन गरेर कुराकानी गर्नु त टाढाको कुरा हो । फोनको अनुभूती गर्न समेत पाएका छैनन् । हिमालीको १, २ र ३ मा सञ्चारको निकै असुविधा छ । २०७५ सालमा बिच्छ्याको कोट गाउँमा बनेको बिच्छ्या टावर ०८२ जेठ १९ गतेदेखि बिग्रिएको थियो । त्यसपछि बिच्छ्याबासी फोन नेटवर्कको समस्या भोगिरहेका छन् ।

त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका,जगन्नाथ र बुढिनन्दाका नगरपालिकाका विभिन्न गाउँबस्ती नेटवर्क समस्याबाट ग्रसित छन् । बाजुराका धेरैजसो टावरमा सोलार मात्रै हुँदा घाम लागेपछि राम्रोसँग नेटवर्क आउने र घाम नलागे फोन नै नलाग्ने समस्या रहेको छ । धेरैजसो गाउँबस्ती भौगोलिक रूपमा विकट हुँदा नेटवर्कको समस्या हुने गरेको टेलिकम कार्यालय बाजुराको ठहर छ ।

बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदहमा समेत पछिल्लो समय नेटवर्कले काम नगर्ने समस्या छ । गौमुल,बडीमालिका समेत नेटवर्कको समस्या रहेको स्थानीयले गुनासो पोखेका छन् ।

प्रत्येक पालिकाका विभिन्न स्थानमा टावर भएपनि केहीमा विद्युत् नहुँदा र केहीमा क्षमताभन्दा बढी प्रयोगकर्ता हुँदा फोन नेटवर्कको समस्या देखिएको टेलिकमको भनाई छ ।

जिल्लाका विभिन्न स्थानमा नयाँ टावर जडान, यन्त्र उपकरण थप, पावर क्षमता वृद्धि लगायतका कार्य गरे फोन नेटवर्क र फोरजी सेवा समस्या समाधान हुने टेलिकम बाजुराले जनाएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98