२०८३ असार १७, बुधबार
July 1, 2026
२०८३ असार १७, बुधबार
July 1, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शिक्षण केन्द्रको छत खस्दा १४ जनाको मृत्यु, सञ्चालकसहित दुई पक्राउ

प्रकाशित मिति : २०८३ असार १७ गते

एजेन्सी । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी छ । घटनापछि शिक्षण केन्द्रका सञ्चालक र अर्का एक जनालाई पक्राउ गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको अपूर्ण दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाइते बालबालिकाको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

छत खस्नेबित्तिकै एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । स्थानीय बासिन्दाले पनि बेलचा र खाली हातले भग्नावशेष हटाउँदै फसेका बालबालिकाको खोजीमा सहयोग गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

घटनापछि अस्पताल र शिक्षण केन्द्र रहेको क्षेत्रमा शोकको वातावरण छाएको छ । बालबालिकाको शव परिवारलाई बुझाइँदा आफन्तहरू भावविह्वल बनेका थिए । अधिकांश पीडित स्थानीय बासिन्दा भएकाले मङ्गलबार नै अन्त्येष्टि गरिने तयारी गरिएको थियो ।

स्थानीय बासिन्दाले असुरक्षित र जीर्ण भवनमा कक्षा सञ्चालन गरेको आरोप लगाउँदै शिक्षण केन्द्रका सञ्चालकमाथि कडा कारबाहीको माग गरेका छन् ।

एक स्थानीय बासिन्दा जफर इकबालले एउटै टोलका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले कसको घरमा पहिले समवेदना व्यक्त गर्न जाने भन्ने अवस्था समेत नरहेको बताए ।

पाकिस्तानमा कमजोर निर्माण गुणस्तर, सुरक्षा मापदण्डको बेवास्ता र जीर्ण भवनका कारण भवन भत्किने घटना पटक–पटक हुने गरेका छन् ।

राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनीहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.16
151.76
European Euro
1
172.28
172.97
UK Pound Sterling
1
200.07
200.86
Swiss Franc
1
186.70
187.44
Australian Dollar
1
104.06
104.47
Canadian Dollar
1
106.17
106.59
Singapore Dollar
1
116.75
117.22
Japanese Yen
10
9.31
9.35
Chinese Yuan
1
22.28
22.37
Saudi Arabian Riyal
1
40.24
40.40
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
37.00
37.15
South Korean Won
100
9.75
9.78
Swedish Kroner
1
15.52
15.58
Danish Kroner
1
23.05
23.14
Hong Kong Dollar
1
19.28
19.35
Kuwaity Dinar
1
490.94
492.89
Bahrain Dinar
1
400.93
402.52
Omani Rial
1
392.64
394.20