काठमाडौं / सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ ।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–स्थित साङ्गेतडामा आज (बिहीबार) बिहान उक्त दुर्घटना भएको हो ।
- ADVERTISEMENT -

प्रहरीका अनुसार कर्णाली ०३–००१ ख १०५५ नम्बरको हाइस करिब ५०० मिटर तल नदीमा खसेर डुबेको अवस्थामा छ ।
गाडीमा यात्रु कति थिए भन्ने यकिन भएको छैन । प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ तर गाडी नदीभित्र डुबेकाले उद्धार तथा खोजी कार्य कठिन भइरहेको छ ।
- ADVERTISEMENT -

हालसम्म कोही पनि घाइते वा जीवित फेला नपरेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।














































