Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गरिमा हत्या प्रकरण : आरोपी नाबालकको बयान भिडिओ सार्वजनिक

प्रकाशित मिति : २०८३ भाद्र ८ गते
file photo.

काठमाडौं / तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा मुख्य आरोपी भनिएका नाबालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे नयाँ प्रश्न उठेको छ ।

भिडियोमा प्रहरीको उपस्थितिमा नाबालकसँग घटनाबारे सोधपुछ गरिएको देखिन्छ । उनले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै प्रदीप खड्का नाम गरेका व्यक्तिको समेत संलग्नता रहेको दाबी गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उच्च प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो वास्तविक हो । मेडिकल परीक्षणका क्रममा कलैया अस्पतालमा नाबालकसँग अनौपचारिक रूपमा सोधपुछ गर्दा भिडियो खिचिएको बताइएको छ ।

सोधपुछ गर्ने व्यक्तिको अनुहार भिडियोमा देखिँदैन । स्रोतका अनुसार ती व्यक्ति प्रहरी नभई अस्पतालका स्वास्थ्यकर्मी हुन् । प्रहरीका अनुसार बालकको मानसिक अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मीले सोधपुछ गरेका थिए । भिडियोमा प्रहरीहरूसमेत देखिन्छन् । एक प्रहरी बन्दुकसहित देखिएका छन् भने सिभिल पोसाकमा रहेका व्यक्तिले मोबाइलबाट भिडियो खिचेको देखिन्छ ।

भिडियोको सुरुवातमा सोफामा बसेका प्रहरीले गर्मी भएको भन्दै एसी चलाउन आग्रह गरेको सुनिन्छ । त्यसक्रममा आरोपी नाबालकले आफूलाई जाडो लागेको भन्दै हाँस्दै जवाफ दिएका छन् । त्यसपछि अनुहार नदेखिएका व्यक्तिले घटनाबारे सबै विवरण बताए खाना खुवाउने आश्वासन दिएको सुनिन्छ । प्रहरीले पनि खाना खुवाउने बताएपछि नाबालकले घटनाबारे बोल्न थालेका छन् ।

सोधपुछका क्रममा नाबालकले आफूलाई प्रदीप खड्का नाम गरेका साथीले घटनाका लागि उक्साएको दाबी गरेका छन् । उनले प्रदीपलाई गाडीमा लिएर आएको र उनकै योजनाअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर एउटा घरमा लगेको बताएका छन् ।

उनका अनुसार घटनास्थलमा अन्य बालबालिका खेलिरहेका थिए र प्रदीप पनि त्यहीँ थिए । चकलेटको प्रलोभन देखाएर बालिकालाई आफूले एउटा घरमा लगेको, तर उक्त घर कसको हो भन्ने आफूलाई थाहा नभएको उनले बताएका छन् ।

नाबालकले बालिकामाथि दुवै जनाले पालैपालो आपराधिक हर्कत गरेको दाबी गरेका छन् । बालिका बेहोस भएपछि प्रदीप त्यहाँबाट भागेको र आफूले बालिकालाई त्यही घरमा रहेको डोरीले बाँधेर तन्नामा बेरेपछि ढोकामा चुकुल लगाएर हिँडेको उनको भनाइ छ ।

भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले समेत घटनामा चासो देखाएको छ । यसअघि प्रहरीले घटनामा प्रदीप खड्काको नाम सार्वजनिक गरेको थिएन । घटनामा पक्राउ परेका दोस्रो व्यक्तिका रूपमा प्रोग्रेस चौधरीको नाम सार्वजनिक भएको छ । नाबालकले खड्काको नाम लिएपछि घटनाको अनुसन्धान थप पेचिलो बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98