चितवन ११ र मकवानपुर ११ भिड्दै
नारायणगढ । नारायणगढको क्याम्पाचौरमा भोलिदेखि ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’ सुरु हुने भएको छ । खेलको लागि सबै तयारी पूरा भइसकेको जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले मंगलबार पत्रकार भेटघाटमा बताए । जेसीजका अध्यक्ष श्रेष्ठका अनुसार खेल मैदान, प्याराफिटलगायत सबै काम सम्पन्न भएकोे जानकारी दिए ।
उक्त प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । असोज ३० गतेदेखि हुने खेल समूह ‘ए’ र समूह ‘बी’ गरी दुई भागमा गरिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफ क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र नेपाल आर्मी क्लब समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, युनाइटेड दार्जिलिङ, जावलाखेल युथ क्लब र संकटा क्लब सहभागी हुने प्रतियोगिता संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।
उक्त खेलको लागि करिब एक हजार आठ सय दर्शक अटाउने प्याराफिट बनाइएको आयोजकले जनाएको छ । कात्तिक ९ गतेसम्म हुने प्रतियोगितामा विजयी हुनेले ६ लाख ६ हजार ६६६ रूपैयाँ पाउनेछ भने उपविजेताले ३ लाख ३ हजार ३३३ रूपैयाँ पाउनेछ ।
प्रतियोगिताको क्वार्टर फाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । सेमिफाइनल र फाइनल अवलोकनका लागि दुई सय र तीन सय टिकटको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
भोलि प्रतियोगिताको शुभारम्भमा चितवन ११ र मकवानपुर ११ भिड्दै छन् ।
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Chitwan-Mahotsav-2081-scaled-1.jpg)
भोलिदेखि ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’
October 16, 2019
![](https://newsprabah.com/wp-content/uploads/2019/10/Football-1224x820.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/online-matter.webp)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Hatti-Mahotsab-with-kalaka.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Prachanda.jpeg)
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/12-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/09/Central-college.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2021/01/S-P-Company.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
भर्खर
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/02/Surya-add.gif)