२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

देशैभर तामाङ समुदायले मनाए सोनाम ल्होछार

प्रकाशित मिति : २०७६ माघ ११ गते

भरतपुर । भरतपुर नगर तामाङ समाजले मञ्जुश्री सम्वत् २८५६औं सोनाम ल्होछार मनाएको छ । चन्द्र पात्रो अनुसार माघको शुक्ल पक्ष प्रतिपदा परेको सोनाम ल्होछार पर्व बँदेल वर्गको विदाई गर्दै मुसा वर्गलाई स्वागत गरी भरतपुरका तामाङ समुदायले छेच्यु थर्पलिङ गुम्बा भोजाडमा ल्होछार मनाएको हो ।
प्रमुख अतिथि नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष एवम् नेपाल तामाङ बाग्मती प्रदेशका उपाध्यक्ष गोपीराज घलानले दियो प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले राज्यसत्ताको दमनलाई पछि पार्दै, पुरानो ऐतिहासिक हाम्रो जातिको संस्कार, संस्कृतिलाई हामीले ल्होछार पर्वलाई लोपोन्मुख अवस्थाबाट हालसम्म ल्याउन सफल भएको बताए ।
कार्यक्रममा उनले सम्पूर्ण तामाङ समुदायले दूरदृष्टिकासाथ तामाङ जातिको संस्कार र संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिए । राज्यले हिजो हामीलाई दमन गरेकोले हामी एकजुट भएर हरेक निकायमा सक्षम भई तामाङ समुदाय एकजुट हुन सबैलाई आग्रह गरे ।
तामाङहरुलाई जागरुक गर्नका लागि रुपान्तरण गर्न जरुरी भएकोले देशव्यापी रुपमा उठाउने अभियान थालेको उनले बताए । उनले राज्यले हामीलाई हिजो पछि पारेको भए पनि आज हामी पछि पर्न नहुने बताए । गुम्बा निर्माण हुनु भनेको तामाङ समुदायको पहिचान नभएर देशकै पहिचान भएको उनको भनाइ थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय सेलो गायक आश्मान लोप्चन, राष्ट्रिय गायक प्रकाश तामाङ र नवगायिका शशीकला स्याङतानलगायतले नृत्य तथा गायनले दर्शकलाई भरपुर मनोरंजन दिए ।
कार्यक्रममा छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङ, नेपाल तामाङ घेदुङ चितवनका पूर्व अध्यक्ष मोहन स्याङ्बो, प्रतिमान तामाङ, गुम्बाका संस्थापक अध्यक्ष दिलमाया तामाङ, अजयकुमार तामाङ, गाई खर्क टोल विकास संस्थाका अध्यक्ष राजु पौडेल, नवजीवन आमा समूहका अध्यक्ष विष्णु तिमिल्सिनालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगालाल लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने समाजका सचिव ई. सूर्यप्रकाश लामाले संचालन गरेका थिए ।
दुधपोखरी बौद्ध तामाङ समाज भरतपुर–११, तामाङ आमा समूह भरतपुर–१०, कमलनगर तामाङ आमा समूह भरतपुर–३, पाख्रिन तामाङ समाज गुठी भरतपुर, गोले गुठी योञ्जन गुठी भरतपुर, ल लुङ्बा तामाङ गुठी भरतपुरको सह–आयोजक रहेको थियो ।
यसैगरी विश्व पञ्चशील शान्ति बुद्ध गुम्बाले ल्होछारको अवसर पारेर नयाँ वर्षको शुभकामना आदानप्रदान, सम्मान तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका टिका सानु, मानसिंह खड्का तथा स्थानीय कलाकारहरुले दर्शकलाई भरपूर मनोरंजन दिनुकासाथै उफारी उफारी झुमाएका थिए ।
उक्त कार्यक्रममा गुम्बालाई आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र तथा खादाले स्वागत गरेका थिए भने कार्यक्रम गुम्बाका अध्यक्ष शिवकुमारी तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04