२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौँ – गृहमन्त्री गुरुङ

मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता
प्रकाशित मिति : २०८३ असार ४ गते
file photo.

काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिए । विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको उनको भनाई छ । उनले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताए ।

उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्नेगरि संयन्त्र निर्माण गरिएको पनि जानकारी दिए । विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाई छ । मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

उनकाअनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली ९एप० विकास गरिएको छ । उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

यसले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था नहुने उनको भनाई छ । गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पुर्याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

उनले भने ‘विपद् व्यवस्थापनमा हाम्रो पुर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ । त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरूलाई पनि हामीले निर्देशन दिएका छौँ । यसपालि मन्त्रीको निरीक्षण भन्दापनि जनताको सुरक्षाको लागि हेलिकप्टर देखि लिएर सबै कुराहरू खटाउने हाम्रो योजनामा राखिराखेका छौँ । जेन–जी आन्दोलनको टाइममा पनि मैले रेस्पोन्ड गर्दाखेरि धेर जनाले चाहिँ मेरो त्यतिखेर हैसियत छैन, भनेर प्रश्न गरेका थिए । किन त्यो विपद्को ठाउँमा गएर बसेर कुरा गरेको भन्ने प्रश्नहरुपनि आए । तर त्यतिखेर पनि रेस्पोन्ड एकदम राम्रोसित भएको थियो । हामीले नागरिकको ज्यान बचाउन जोसुकैले सहयोग गर्न सक्छौ । पहिलाको सरकारले के गयो रु त्यससँग हामीसँग सरोकार भएन । तर पहिलाको सरकारले गरेको राम्रो कुरालाई प्रोत्साहन गरेर जति पनि कमीकमजोरी भएको छ, त्यसलाई सुधार गरेर सरकारले त्यही अनुसार काम गरिरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयसँग गृह मन्त्रालयले मिलेर कुनै बाढी पहिरो आइहालेको खण्डमा पहिरो हटाउनको लागि हामीले एप निर्माण गरेका छौँ । राइड शेयरिङ एपहरूले लोकेसन हाल्ने बित्तिकै त्यहाँको नजिकै कहाँ कहाँ राइडरहरु छ भनेर थाहा हुन्छ, त्यहीअनुसारमा पूर्वाधार विकास मन्त्रालयले एउटा एप बनाउनुभएको छ । डोजरहरू कहाँ कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ । कुनै क्षेत्रमा यदि तत्काल रेस्पोन्ड गर्नुपर्यो भने तुरुन्तै हामीले गर्ने, बाटो फुकाउने हिसाबले एप डेभलप गरेका छौँ । डिजास्टरको लागि म प्रतिशोध साँधेर आएको छु । पहिला जसरी डिजास्टरले हामीलाई दुख दियो, यसपालि त्यहीअनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्ने मेरो योजनामा आएको छु ।’

गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको पनि जानकारी दिए । अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उनको भनाई छ । सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन र पदोन्नति गर्ने नीति अघि बढाइएको उनको भनाई छ ।

राजनीतिक दबाब वा पहुँचका आधारमा पदोन्नति हुने प्रवृत्ति अन्त्य गर्ने उनको दाबी छ । नागरिकको सुरक्षा, विपद् प्रतिकार्य र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41