२०८३ असार ९, मंगलवार
June 23, 2026
२०८३ असार ९, मंगलवार
June 23, 2026 Tuesday
- ADVERTISEMENT -

विश्व संगीत दिवसमा कला मन्दिरको विशेष शो

गीतकार तथा संगीतकार प्रसाद र राइजिङ स्टार अनामिकाको बेजोड प्रस्तुति
प्रकाशित मिति : २०८३ असार ८ गते
Photo : Bina Tamang / Newsprabah

– बबिलाल तामाङ
चितवन । भरतपुर–२, नारायणगढस्थित नारायणी कला मन्दिरले पहिलो पटक विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

कला र कलाकारको सम्मान गर्ने उद्देश्यकासाथ विश्व संगीत दिवसको अवसरमा आइतबार उक्त कार्यक्रम गरिएको कला मन्दिरका अध्यक्ष अनुकूल श्रेष्ठ जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा गीतकार तथा संगीतकार प्रसाद श्रेष्ठ, दोस्रो सिनर्जी राइजिङ स्टार अनामिका मल्ल, स्थानीय गायक निरन्जन प्रधान, प्रविण श्रेष्ठ, सविना लामा, सपना रैला, समीरा सुनार लगायत अन्य कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो ।

कला मन्दिरका अध्यक्ष अनुकूल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन निरन्जन प्रधानले गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, पूर्वअध्यक्ष चुननारायण श्रेष्ठ, कलामन्दिरका उपाध्यक्ष सनद पिया, समाजसेवी टंक पौडेल, पूर्वअध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहआयोजनामा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान रहेको थियो । कला र साहित्यको क्षेत्रमा पर्ने विश्व संगीत दिवसलाई आगामी दिनहरूमा पनि निरन्तरता दिँदै यसको महत्व, गरिमा र सान्दर्भिकतालाई अझ सशक्त रूपमा अघि बढाउने कला मन्दिरले जनाएको छ ।

विश्व संगीत दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । हाल यो दिवस विश्वका १२० भन्दा बढी राष्ट्रहरूमा विभिन्न सांगीतिक कार्यक्रममार्फत मनाइँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.75
173.43
UK Pound Sterling
1
199.33
200.12
Swiss Franc
1
186.63
187.37
Australian Dollar
1
105.63
106.05
Canadian Dollar
1
106.41
106.84
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.34
9.37
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.72
15.78
Danish Kroner
1
23.12
23.21
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79