२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

‘मातृभूमि र नागरिकको सेवामा समर्पित रहे प्रहरीको छवि उच्च’

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते

भरतपुर । प्राविधिक प्रहरी जवान आधारभूत तालिम प्रथम समूहको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । प्रहरी सेवालाई विशिष्टकृत गर्दै लैजाने र प्रहरी कर्मचारीहरुमा समय सापेक्ष व्यवसायिक दक्षता अभिवृद्धि गर्ने नेपाल प्रहरीको उद्देश्य बमोजिम मंसिर १५ गतेबाट मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनमा तालिम दिइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक बुद्धिराज गुरुङले दिक्षित भएका प्रहरी जवानहरुलाई मातृभूमि र नागरिकको सेवामा समर्पित रही योगदान गरे नेपाल प्रहरीको छविलाई अझै चम्काउन सकिने बताए । समय र प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा सधैँ नयाँ नयाँ चुनौती थपिएकोले प्रभावकारी रुपमा सामना गर्न परिस्कृत, व्यवसायिक, निष्ठा र लगनशीलताको खाँचो भएको उनको भनाइ थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शुभकामना मन्तव्य दिएका थिए भने शिक्षालयका उपनिर्देशक प्रहरी उपरीक्षक गोविन्द अधिकारी प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराएका थिए ।
तालिममा ८७ जना महिलासहित ४४६ जना प्रशिक्षार्थीहरु सहभागी थिए । उक्त तालिममा रामकृष्ण चौलागाई सर्वप्रथम, शुभनारायण चौधरी सर्वद्वितीय, हस्तबहादुर बुढा सर्वतृतीय, रामसिंह ठकुरी कवाज प्रथम, सुशीला बोहरा महिलातर्फ प्रथम, कमलबहादुर थापा चाँदमारी प्रथम, पूर्णबहादुर खड्का शारीरिक व्यायाप तथा सहनशक्ति प्रथम, श्रवणकुमार यादव अध्ययन प्रथम भएका हुन् ।
त्यसैगरी उत्कृष्टक प्रशिक्षकहरु अम्बरबहादुर राई प्रसनि, रविलाल थापा मगर प्रह, विमल लामा प्रह, निशान सारु प्रज, अजय रानामगर प्रज, अगमबहादुर सुनारी प्रज पुरस्कृत भएका छन् । (भिडियो)

- ADVERTISEMENT -

Advertisement

प्रहरी वरिष्ठ उपरीक्षक बुद्धिराज गुरुङ दिक्षित प्रशिक्षार्थीहरुलाई मायाको चिनो, प्रमाणपत्र वितरण गर्दै ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81