Opens in a new tab
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मगर भाषा, लिपि र मौलिक पहिचान उजागर गर्दै ‘निठ्यान’ पत्रिका सार्वजनिक

प्रकाशित मिति : २०८३ मंसिर ९ गते

चितवन / मगर समुदायको भाषा, साहित्य, कला, संस्कृति र ऐतिहासिक पहिचानलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित तयार पारिएको साहित्यिक पत्रिका ‘निठ्यान’ (निधो) सार्वजनिक गरिएको छ ।

नेपाल मगर संघ जिल्ला कार्यसमिति चितवनले प्रकाशन गरेको पत्रिकाको पहिलो अंक शनिबार भरतपुरमा आयोजित कार्यक्रममा नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष हर्क आलेमगरले लोकार्पण गरे ।

मगर समुदायभित्रका साहित्यिक प्रतिभा र सिर्जनालाई एउटै प्रकाशनमा समेट्ने प्रयासस्वरूप तयार गरिएको पत्रिकामा ५९ जना सर्जकका रचना समावेश छन् । यसमा मगर अक्खालिपिमा लेखिएका ११ कविता तथा गजल, मगर ढुट भाषाका आठ सिर्जना र मगर नेपाली भाषाका २३ वटा लेख तथा रचना रहेका छन् ।

पत्रिकाले साहित्यका विभिन्न विधालाई समेत स्थान दिएको छ । आत्मकथा, संस्मरण, निबन्ध, प्रबन्ध, लघुकथा र एकाङ्कीजस्ता सिर्जनामार्फत मगर समुदायको सामाजिक जीवन, अनुभव र सांस्कृतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिका अध्यक्ष खडक पामी आलेमगरका अनुसार प्रकाशनमा मगर अक्खा लिपिका वर्णमालासँगै मगर भाषामा महिनाका नाम, बार, दिशा र रङसम्बन्धी जानकारी पनि समेटिएको छ । उनका अनुसार मगर ढुट भाषामा साहित्यिक सिर्जना प्रस्तुत गर्नु यस प्रकाशनको विशेष उपलब्धि हो ।

मगर भाषाका मौलिक शब्द, भावना, अभिव्यक्ति र जीवनशैलीलाई साहित्यका माध्यमबाट स्थापित गर्ने लक्ष्य पत्रिकाले लिएको छ । यसले समुदायको भाषिक तथा सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस प्रकाशनको पृष्ठभूमिमा बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालित एकमहिने मगर ढुट भाषा तथा अक्खालिपि प्रशिक्षण कार्यक्रम रहेको छ । प्रशिक्षणबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै साहित्यिक सामग्रीका रूपमा प्रकाशन गर्नु कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको नेपाल मगर संघ चितवनकी अध्यक्ष धनमाया थापामगरले बताए ।

आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले मातृभाषा र मौलिक संस्कृति संकटमा पर्दै गएको अवस्थामा यस्ता साहित्यिक अभियानले संरक्षणको कामलाई बलियो बनाउने धारणा राखे । शिक्षा र रोजगारीका लागि विभिन्न स्थानमा पुगे पनि आफ्नो भाषा, संस्कार र पहिचानको संरक्षणमा सबैले जिम्मेवारी लिनुपर्ने उनको जोड थियो ।

‘निठ्यान’ को प्रकाशनले मगर समुदायको मौलिक साहित्यलाई दस्तावेजीकरण गर्ने मात्र नभई मातृभाषामा लेखन तथा सिर्जनात्मक गतिविधि विस्तार गर्ने नयाँ आधारसमेत तयार गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.83
163.48
UK Pound Sterling
1
194.57
195.35
Swiss Franc
1
176.81
177.52
Australian Dollar
1
98.61
99.01
Canadian Dollar
1
103.55
103.97
Singapore Dollar
1
115.05
115.51
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.39
40.56
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
14.52
14.58
Danish Kroner
1
21.78
21.87
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
480.28
482.23
Bahrain Dinar
1
393.27
394.86
Omani Rial
1
385.34
386.90