रामपुर । ‘खुल्ला तथा वडास्तरीय प्रथम गौतम बुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधी भरतपुर ४ ले जितेको छ । चितवनको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न प्रतियोगितामा भरतपुर वडा नं. २० लाई हराउँदै भरतपुर ४ ले उपाधि हात पारेको हो ।
उक्त प्रतियोगितामा भरतपुर ४ ले भरतपुर २० लाई २७ रनले पराजित ग¥यो । भरतपुर ४ ले दिएको १६० रनको लक्ष्य पछ्याएको भरतपुर २० ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३२ रन मात्र बनायो । भरतपुर २० विरुद्ध भरतपुर ४ काचिरन श्रेष्ठ एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका श्रेष्ठले २६ रन खर्चिएका थिए ।
त्यसअघि नमुना मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको भरतपुर ४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । त्यसका लागि चिरन श्रेष्ठले १७ बलमा २७ रन बनाए ।
बिजेता बनेको भरतपुर ४ ले नगद ७० हजारसहित ट्रफ्री प्राप्त गरेको छ भने उप विजेता बनेका भरतपुर २० ले ३५ हजार रुपैँयामा चित्त बुझाएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका भरतपुर ४ काचिरन श्रेष्ठ म्यान अफ दि सिरिज घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिता संयोजक पुष्पराज आचार्यले जानकारी दिए ।
यस्तै भरतपुर २० का सन्तोष न्यौपाने उत्कृष्ट ब्याट्सम्यान र २० कै हेमराज पौडेल उत्कृष्ट बलर घोषित भए । उनीहरुले जनही ४/४ हजार रुपैँया प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली), पूर्व राष्ट्रिय कप्तान तथा क्यान चितवनका प्रमुख प्रशिक्षक राजु खड्का, सेन्ट्रल कलेफ अफ भोकेसनल ट्रेनिङ नारायणगढका निर्देशक जीवन लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए ।
रगंशाला निर्माण सहयोगार्थ आयोजित प्रतियोगितामा भरतपुरका विभिन्न वडा र क्लब गरी ३२ टोलीको सहभागिता रहेको थियो । रगंशालालाई केहीदिन भित्रै सहयोग रकम हस्तान्तरण गरिने आयोजक चितवन आदर्श युवा क्लबका अध्यक्ष उमाकान्त आचार्यले बताए ।
- ADVERTISEMENT -

टी–२० को उपाधि भरतपुर ४ को पोल्टामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11










