२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

गरिब तथा विपन्न वर्गलाई रु. ५१ हजार सहयोग

प्रकाशित मिति : २०७६ चैत्र २८ गते
- ADVERTISEMENT -

भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण देवचुली नवलपुरका मजदुर र विपन्न परिवारलाई मैयादेवी ट्रष्ट नेपालले खाद्यान्न उपलब्ध गराउनको लागि रु. ५१ हजार सहयोग गरेको छ ।
लकडाउनको अवस्थाले गर्दा दैनिक ज्याला, मजदुरी गरी जीवन निर्वाह गर्ने श्रमिक वर्गको खाद्य संकट समाधान गर्न नगरपालिकाद्वारा स्थापित खाद्यान्न बैंकमा चेक मार्फत् उक्त रकम दिइएको हो ।
उक्त चेक रकम मेयर श्री पूर्णबहादुर श्रेष्ठलाई ट्रष्टका तर्फबाट अध्यक्ष प्रेमकुमार श्रेष्ठ, उपाध्यक्ष श्री सिद्धकुमार श्रेष्ठ र महासचिव श्री टंकनाथ पौडेलले एकसाथ हस्तान्तरण गरिएको हो ।

- ADVERTISEMENT -