२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दलित समुदायहरुद्वारा रुकुम घटनाको चितवनमा विरोध र्याली

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते

भरतपुर/चितवन : पश्चिम रुकुममा भएको घटनाको संयुक्त दलित संघर्ष समिति चितवनले लायन्सचोकदेखि भरतपुरको चौबिसकोठीसम्म विरोध र्याली र उज्यालोमा दीप प्रज्वलन गरी विरोध जनाएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य खेमबहादुर दर्जीले दलित समुदायहरुले हतियार बनाउन जान्ने मात्र होइन चलाउन पनि जानेका हुन्छन्, त्यसैले कसैले पनि दलित समुदाय कमजोर छ भनेर नहेप्न चेतावनी दिए । उनले घटनाको विरोध गर्दै आवश्यक परे जस्तोसुकै आन्दोलन गर्न दलित समुदाय तयार रहेको बताए ।
पश्चिम रुकुममा सुनियोजित रुपमा घटाइएको घटना हो र जनप्रतिनिधिहरुकै मिलेमतोमा घटना घटाइएको नेपाल दलित संघका पूर्व केन्द्रीय उपसभापति डि.बि. परियारले आरोप लगाए । त्यो घटनालाई तोडमोड गर्न हरेक खालका षडयन्त्रहरु रचिएकोले दलित समुदाय कुनै पनि हालतमा राजनैतिक हस्तक्षेपमा मौन बस्न नहुने उनकोे भनाइ थियो ।
नेपाल दलित संघ चितवनकी सभापति शान्ति परियारले दलित समुदायको आत्मसम्मान भेरी नदीमा गएर सेलाएको भन्दै साङ्केतिक रुपमा विरोध गरेको बताइन् । उनले कागजको पानामा छुवाछुत अन्त्य भयो भनेर लेखेर मात्र नहुने सामाजिक रुपमा विभेदको चेतना अन्त्य हुनुपर्ने उनको कथन थियो ।
कार्यक्रममा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले गणतन्त्र भएको मुलुकमा २१औं शताब्दीमा दलित भएकै कारण नरसंहार हुन्छ भने देशमा गणतन्त्र आएको कुनै अर्थ नरहेको बताए । दलित समुदायको जुन संघर्ष र बलिदानले गणतन्त्र स्थापना भएको हो त्यो कसैले पनि बिर्सिन नहुने उनले भने ।
कार्यक्रममा रुकुम घटनाका मृतकहरूको सम्झनामा श्रद्धाञ्जली तथा मौनधारण समेत गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34