–प्रिती तामाङ
चितवनको सदरमुकाम भरतपुरबाट करिब २ किलोमिटर उत्तर पूर्व भोजाडमा अवस्थित छेच्यु थर्पलिङ गुम्बा बौद्व धर्मावलम्बीहरुको एक पवित्र धार्मिक स्थल हो । चितवनको एक प्रसिद्व गुम्बा मध्येको एक यस गुम्बाको स्थापना वि.सं. २०५२ सालमा भएको हो ।
स्थानीय बौद्व धर्मावलम्बीहरुलाई आफ्नो धार्मिक संस्कार सञ्चालनका लागि स्थान अभाव भएपछि गुम्बा निर्माण गरिएको गुम्बाका वर्तमान अध्यक्ष पञ्चबहादुर तामाङले बताए ।
अध्यक्ष तामाङका अनुसार गुम्बाका संस्थापक अध्यक्ष आशबहादुर लामा, समाजसेवी प्रतिमान थिङ, तेन्जिङ शेर्पा, शेरबहादुर लामा, हर्कबहादुर लामा, पुस्तक गौतम लगायत भरतपुर, लंकालाइन, शारदानगरका स्थानीयहरुले गुम्बाको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
स्थापनाको करिब अढाइ दशक पार गर्र्दैगर्दा यस गुम्बाले भरतपुर लगायत चितवनका विभिन्न क्षेत्रका बौद्व धर्मावलम्बीहरु माझ राम्रो परिचय बनाउन सफल भएको छ । भौगोलिक दृष्टिकोणले निकै रमणीय प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गुम्बा भरतपुर महानगरपालिका वार्ड नम्बर ११ मा अवस्थित छ । गुम्बाले करिब दुई विगाह क्षेत्रफल ओगटेको छ ।
गुम्बाले स्थापना कालमा निकै कठिनाइ बेहोर्नु परे पनि गुम्बालाई माया गर्नेहरुको साथ र सहयोगले गुम्बालाई आजको स्थितिसम्म ल्याई पु¥याउन सफल भएको अध्यक्ष तामाङ बताउँछन् । गुम्बा क्षेत्रभित्र हाल ठूलो ज्याङछ्युप छ्योर्तेन, अष्टचैत्य, अशोक स्तम्भ, घेवा घर, शाक्य मुनी गौतमबुद्वको प्रतिमा, बौद्ध संग्रहालय, सभाहल, कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिएको छ ।
यसैगरी गुम्बाको सुन्दरताको लागि पार्क र फलफूलको बगँैैचा पनि निर्माण गरिएको छ । मूल गुम्बा भवनभित्र भगवान चेन्रेशिग, गुरु रिम्पोछे र गौतम बुद्वका तीनवटा मुर्ति प्रतिस्थापित गरिएका छन् ।
उनका अनुसार गुम्बाको चारतले मूल भवन अझै निर्माणाधिन अवस्थामा रहेको बताउँछन् । “गुम्बाको भुँईतलामा गारो (वाल) लगाइएको छ । माथिल्लो तीन तलामा खर्च अभावले ढलान मात्र गरेर राखिएको छ” उनले भने, “गुम्बाको दिगो आम्दानीको सं्रोत केही छैन । स्थानीयवासी, शुभचिन्तक एवम् भरतपुर नगरपालिका, गुम्बा विकास समिति, सांसद विकास कोष र विभिन्न संघसस्थाबाट आउने सहयोगले गुम्बा निर्माण र व्यवस्थापन गर्दै आएका छौं ।”
हालसम्म गुम्बा निर्माणमा करिब सत्तरी लाख खर्च भएको र यसलाई पूर्णता दिन अझै एक करोड जति थप खर्च आवश्यक पर्ने अध्यक्ष तामाङको अनुमान छ । स्थानीय एवम् केन्द्र सरकारबाट अपेक्षाकृत सहयोग भने प्राप्त नभएको उनको गुनासो छ ।
“गुम्बा बौद्व धर्मावलम्बीहरुको मात्र नभई सबैको आस्थाको केन्द्र हो, देशको धार्मिक एवम् साँस्कृतिक पहिचान र गहना हो त्यसैले यसको विकास र निर्माणका लागि सहयोग गर्न म सबै व्यक्ति, संघसंस्था, देश विदेशमा रहनुहुने सबै शुभचिन्तक तथा केन्द्र, प्रदेश र स्थानीय सरकार समक्ष आग्रह गर्दछु” अध्यक्ष तामाङले भने ।
उनले गुम्बा निर्माणको सहयोगार्थ गुम्बाले दुईपटक चार दिने शान्ति ज्ञान महायज्ञ समेत सञ्चालन गरेको बताए । गुम्बामा हरेक वर्ष बुद्व जयन्ती, ल्होछार, जनैपूर्णिमा एवम् हरेक औंसी र पूर्णिमा विशेष पूजाआजा हुने गर्दछ ।
त्यस्तै हरेक वर्ष बडादशैंको समयमा गुम्बाले न्युङ्ने व्रत कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । समय–समयमा विभिन्न धर्मगुरुहरुद्वारा प्रवचन कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको अध्यक्ष तामाङ बताउँछन् । भरतपुर लगायत चितवनका विभिन्न स्थानबाट बौद्व धर्मावलम्बीहरु विवाह, व्रतबन्ध, जन्म एवम् मृत्यु संस्कारका लागि गुम्बामा आउने गरेको उहाँको भनाइ छ ।
यहाँ गुम्बा हुनाले हामी बौद्व धर्मावलम्बीहरुलाई आफ्नो धार्मिक संस्कारका कार्यक्रम सञ्चालन गर्न निकै सजिलो भएको छ र विशेषगरी यहाँ भरतपुर २,३,१०,११ र १२ बाट धेरै भक्तजन आउने उनले भने ।
गुम्बाका प्रमुख लामा– लोकबहादुर लामाको नेतृत्वमा गुम्बाका आजीवन सदस्यद्वय हर्कबहादुर गुरुङ र हस्तबहादुर पाख्रिनद्वारा दैनिक पूजापाठ हुने गरेको छ । यस्तै अध्यक्षपञ्चबहादुर तामाङ र कोषाध्यक्ष ओमराज तामाङको नेतृत्वमा गुम्बाको रेखदेख, सरसफाइ र संरक्षण हुँदै आएको छ ।
गुम्बाको हालको मूल कार्यसमिति २१ सदस्यीय र सल्लाहाकार समिति १७ सदस्यीय रहेका छन् । हालसम्म आजीवन सदस्य ६६ जना र साधारण सदस्य संख्या ३०० जना रहेको अध्यक्ष तामाङले बताए । हालसम्म चारजनाले गुम्बाको नेतृत्व सम्हाली सकेका छन् । वि.सं. २०५२ देखि २०५८ सम्म संस्थापक अध्यक्ष आशबहादुर लामा, वि.सं. २०५८ देखि २०६० सम्म श्रीप्रसाद तामाङ, वि.सं. २०६० देखि २०६८ सालसम्म रामबहादुर शेर्पा र वि.सं. २०६८ सालदेखि वर्तमान अध्यक्ष तामाङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
गुम्बाको शान्त वातावरण, हरियाली र मनमोहक परिदृश्यका कारण विभिन्न स्थानबाट मानिसहरु खोजी–खोजी दर्शनका लागि आउने गरेको उनको भनाइ छ ।
‘‘वौद्वधर्मावलम्बीहरु मात्र नभइ हिन्दू, मुस्लिम, इसाइ सबै धर्मका मानिसहरु गुम्बामा आउँछन्, सकेको सहयोग गछ्र्रन, निकै खुशी लाग्छ ।” उनी हर्षित हुँदै भन्छन् । नेपालीहरुले एक अर्काको धर्मलाई सम्मान गर्नुपर्ने बताउदै धार्मिक सहिष्णुताले नै सबैको उन्नति र भलो हुने उनको बुझाइ छ ।
गुम्बाको अहिलेको प्रमुख काम भवन निर्माणलाई पूर्णता दिनु हो र भविष्यमा लामा स्कुल पनि सञ्चालन गर्ने गुम्बाको योजना रहेको उनको भनाइ छ । यस गुम्बाको विकास निर्माणलाई द्रुतगतिमा अघि बढाउन सके भविष्यमा चितवनकै नमूना गुम्बाको रुपमा विकास गरी स्थानीय पर्यटन प्रवर्धन गर्न सकिने उनको विश्वास छ ।
- ADVERTISEMENT -

‘गुम्बा बौद्व धर्मावलम्बीहरुको मात्र नभई सबैको आस्थाको केन्द्र हो’ – अध्यक्ष पञ्चबहादुर तामाङ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














